क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा रहेर लामो समयदेखि नेपाली कला, संस्कृति तथा खेलकुद प्रवर्धन गर्दै आएका प्रकाश थापालाई नेपाल सरकार अन्तर्गतको नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्नियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ ।
नेपालको पर्यटन क्षेत्रमा थप योगदान पुरयाउन र नेपाललाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने विश्वाससहित बोर्डले थापालाई पर्यटन दूतमा नियुक्त गरेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको बोर्डले थापालाई गत साता पर्यटन दूतमा नियुक्त गरेको हो ।
बोर्डले विदेशमा रहेका नेपालीहरू जसले नेपालको प्रवर्धन गर्दै आइरहेका छन् र त्यस क्षेत्रमा आफ्नो व्यक्तित्व बनाएका छन्, ति नेपालीलाई दूत नियुक्त गर्दै आइरहेको छ । थापा पछिल्लो पटक अमेरिकामा रहेर पनि नेपाल र नेपाली समाजको विकासमा अहोरात्र खटिइरहेका छन् । नेपाल हुंदा २२ वर्षभन्दा बढि समयावधि आइटिएफ तेक्वान्डोमा सक्रिय थापा अमेरिका पुगेर पनि खेलकुदमा त्यस्तै सक्रिय छन् । खेलकुदसँगै थापाले अमेरिकामा नेपाली गीतसंगीत तथा चलचित्रको प्रवर्धन र नेपाली कलाकारका लागि अवसर सिर्जना गर्दै आएका छन् ।
‘म पर्यटन दूत नियुक्त हुनुपूर्व पनि नेपाल प्रवर्धनका लागि खटिरहेकै थिएं, सायद त्यसैको कदर स्वरुप मलाई पर्यटन दूतमा नियुक्त गरिएको होला,’ थापाले भने, ‘अब अझै योजनाबद्ध बनाएर नेपालको पर्यटन प्रवर्धनमा लाग्छु ।’
अमेरिकामा हुने हरेक गतिविधि र विशेषगरि क्यालिफोर्निया क्षेत्रमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यका बारेमा छिट्टै नै जानकारीमुलक कार्यक्रम आयोजना गर्ने योजना उनले सुनाए । अमेरिकाका स्थानियबीच नेपालको कला, संस्कृति, परम्परा तथा पर्यटनका हरेक विषयमा जानकारी गराउन आफू प्रतिवद्ध रहेको पनि थापाले बताए ।
विश्वको प्रमुख सूचना प्रविधिको मुख्यालय रहेको सिलिकन भ्यालीमा विश्वभरबाट लाखौं पर्यटक पुग्ने गर्छन् । विश्वको प्रमुख गन्तव्य बनेको सिलिकन भ्यालीमा आउने पर्यटकलाई लक्षित गरेर नेपालबारे जानकारी मात्र दिन सकियो भने पनि नेपाल भ्रमण गर्ने पर्यटक संख्या बढ्न सक्ने विश्वास उनको छ ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा