क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा रहेर लामो समयदेखि नेपाली कला, संस्कृति तथा खेलकुद प्रवर्धन गर्दै आएका प्रकाश थापालाई नेपाल सरकार अन्तर्गतको नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्नियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ ।
नेपालको पर्यटन क्षेत्रमा थप योगदान पुरयाउन र नेपाललाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने विश्वाससहित बोर्डले थापालाई पर्यटन दूतमा नियुक्त गरेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको बोर्डले थापालाई गत साता पर्यटन दूतमा नियुक्त गरेको हो ।
बोर्डले विदेशमा रहेका नेपालीहरू जसले नेपालको प्रवर्धन गर्दै आइरहेका छन् र त्यस क्षेत्रमा आफ्नो व्यक्तित्व बनाएका छन्, ति नेपालीलाई दूत नियुक्त गर्दै आइरहेको छ । थापा पछिल्लो पटक अमेरिकामा रहेर पनि नेपाल र नेपाली समाजको विकासमा अहोरात्र खटिइरहेका छन् । नेपाल हुंदा २२ वर्षभन्दा बढि समयावधि आइटिएफ तेक्वान्डोमा सक्रिय थापा अमेरिका पुगेर पनि खेलकुदमा त्यस्तै सक्रिय छन् । खेलकुदसँगै थापाले अमेरिकामा नेपाली गीतसंगीत तथा चलचित्रको प्रवर्धन र नेपाली कलाकारका लागि अवसर सिर्जना गर्दै आएका छन् ।
‘म पर्यटन दूत नियुक्त हुनुपूर्व पनि नेपाल प्रवर्धनका लागि खटिरहेकै थिएं, सायद त्यसैको कदर स्वरुप मलाई पर्यटन दूतमा नियुक्त गरिएको होला,’ थापाले भने, ‘अब अझै योजनाबद्ध बनाएर नेपालको पर्यटन प्रवर्धनमा लाग्छु ।’
अमेरिकामा हुने हरेक गतिविधि र विशेषगरि क्यालिफोर्निया क्षेत्रमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यका बारेमा छिट्टै नै जानकारीमुलक कार्यक्रम आयोजना गर्ने योजना उनले सुनाए । अमेरिकाका स्थानियबीच नेपालको कला, संस्कृति, परम्परा तथा पर्यटनका हरेक विषयमा जानकारी गराउन आफू प्रतिवद्ध रहेको पनि थापाले बताए ।
विश्वको प्रमुख सूचना प्रविधिको मुख्यालय रहेको सिलिकन भ्यालीमा विश्वभरबाट लाखौं पर्यटक पुग्ने गर्छन् । विश्वको प्रमुख गन्तव्य बनेको सिलिकन भ्यालीमा आउने पर्यटकलाई लक्षित गरेर नेपालबारे जानकारी मात्र दिन सकियो भने पनि नेपाल भ्रमण गर्ने पर्यटक संख्या बढ्न सक्ने विश्वास उनको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल