किभ (युक्रेन), २२ माघ । युक्रेनमा पछिल्ला केही दिनयता भएका झडपबाट झन्डै दुई दर्जन मानिसको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग कुराकानी गर्नुहुने भएको छ ।
गत आइतबार पूर्वी युक्रेनको आमाइभका क्षेत्रमा युक्रेनी सेना र रसिया पक्षधर विद्रोहीबीच भएका झडपमा एक हप्ताको अन्तरालमा २५ जना भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र रसियाली राष्ट्रपतिबीच भएको फोन वार्ता लगत्तै युक्रेनमा भएको झडपलाई युक्रेनी सरकारले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा आमेरिकी राष्ट्रपति ट्रम्पको रसियासँगको सम्बन्ध सुधारमा भनाइ र गराइमा एकरुपता देखिन्छ वा यो केवल कूटनीतिक वक्तव्यबाजी मात्र हो भनी परीक्षा गर्ने उद्देश्यले विद्रोहीलाई उक्साएको युक्रेनको बुझाई छ ।
राष्ट्रपति पोरोसेन्सको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गरी अमेरिकी राष्ट्रपतिसँग यस सम्बन्धमा कुराकानी हुने जनाएको हो ।
युक्रेनमा गत आइतबारदेखि सुरु भएको सरकारी सेना र रसिया पक्षधर विद्रोहीबीचको झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या शुक्रबारसम्म २५ जनाभन्दा बढी पुगेको स्थानीय सञ्चार माध्यमले जनाएका थिए ।
सरकारी सेना र विद्रोहीबीच बिहीबार दिउसोसम्म तोप र रकेट आक्रमण जारी रहेको भएपनि बिहीबारदेखि स्थितिमा सामान्य सुधार आएको सरकारी अधिकारीले बताएका छन् । उक्त क्षेत्रमा दुई पक्षबीच भएको भिडन्तपछि अमदाइभका र वरपरका मानिसहरु विस्थापित भई चिसोमा खुला आकाशमुनी जम्मा भई बसेका बताइएको छ ।
रसिया र युक्रेनले पछिल्लो झडप सुरु हुनुमा एक अर्कालाई दोषी भन्दै आरोप प्रत्यारोप लगाइरहेका छन् भने अन्तर्राष्टिय समुदायबाट झडप र मृत्यु सम्बन्धमा गहिरो चासो व्यक्त भएको छ । संयुक्त राष्ट्रसङ्घ, यूरोपियन युनियनलगायतले मिन्स्क सम्झौताको उल्लङ्घन गर्दै भएका पछिल्लो झडपप्रति संवेदनशील बन्न सरकार, विद्रोही र सम्बद्ध पक्षसँग आग्रह गरिसकेका छन् ।
यसैवीच मानवीय सहयोग मामिला हेर्ने अन्तरराष्ट्रिय सङ्गठन (ओसिएचए)ले युक्रेनमा सन् २०१६ मा भन्दासन् २०१७ मा सात लाख मानिसलाई आधारभूत मानवीय सहयोगको आवश्यकता हुने आफ्नो एक प्रतिवेदनमार्फत शुक्रबार जानकारी गराएको थियो ।
अध्ययनले यूक्रेनमा यस वर्षको अन्तसम्म मानवीय सहायताको पर्खाइमा रहने नागरिकको सङ्ख्या ३८ लाख पुग्ने जनाएको छ ।
राष्ट्रसङ्घका अनुसार युक्रेनमा सन् २०१४ को अप्रिलमा सुरु भएको द्वन्द्वका कारण करिब १० हजार युक्रेनीको मृत्यु भएकोमा दुई हजार सर्वसधारण रहेका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल