सोमबार, कार्तिक १० २०७७ | Mon, October 26, 2020
नेपालको समय: ०९:३३ | UK Time: 03:48

आगलागीबाट ३९ को मृत्यु

वीनेपाली
२०७३ माघ २२ गते २०:४५

चाइनिज नयां वर्षका अवसरमा ड्रागन नाच देखाउंदै कलाकारहरु । तस्विरः गेटी

बेइजिङ (चीन), २२ माघ । चीनमा एक हप्ता लामो पर्व बिदाको समय भएका विभिन्न आगलागीका घटनामा परी ३९ जनाको मृत्यु भएको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

बिदाका समयमा देशभर १३ हजार ७९६ आगलागीका घटना भएका र ती घटनामा ३९ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । यद्यपि यो अघिल्लो वर्षको तुलनामा २६.४ प्रतिशत कमी हो ।

चिनियाँ प्रहरीले राष्ट्रव्यापी रुपमा सञ्चालन गरेको आगलागीका घटना नियन्त्रणमा गरेको पहलले उक्त समयमा धेरै मानिसको ज्यान जाने जोखिमलाई काम गरेको मन्त्रालयले जनाएको छ ।

पर्वका समय व्यावसायिक महल, पवित्र धार्मिकस्थल, मन्दिर वरपरका धार्मिक महोत्सव गरिनेस्थललगायतका ठाउँमा प्रहरीले निगरानीलाई मजबुत पारेको थियो । यो वर्ष सन् २०१६ मा मुलुकभर आठ लाख ९६ हजार आगलागीका घटना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक