बुखारेष्ट, २२ माघ । भ्रष्टाचारी विरुद्धको कानुनलाई खुकुलो बनाउने सरकारी कदम विरुद्ध रोमानीयामा पाँचौदिन शनिबार पनि हजारौँले प्रदर्शन गरेका छन् ।
बुखारेष्टको बीचभागमा जम्मा भएर उनीहरुले मानव साङ्लो बनाएर चर्को स्वरमा सिटी बजाउदै भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा देशभरी झन्डै दुई लाख ५० हजार प्रदर्शनकारी हुने शुक्रबार बेलुका अनुमान गरिएको थियो ।
सन् १९८९ मा कम्युनिष्ट तानाशाहलाई हटाउने बेलामा भएको प्रर्दशन पछिको सबैभन्दा ठुलो प्रदर्शन अहिले भएको प्रदर्शनकारीले बताएका छन् । सरकारले गलत तरिकाले आर्जन गरिएको सम्पत्तिलाई बैधानिकता दिन लागेको प्रर्दशनकारीहरुको आरोप छ ।
तर सरकारी पक्षले भने आफ्नो आदेश संशोधन हुन नसक्ने अडान राखिरहेको छ । भ्रष्टाचार गर्ने सरकारी अधिकारीलाई कारबाहीको दायरा कटौती गर्ने सरकारी आदेशका विरुद्धमा रोमानीयमा विगत पाँच दिन देखि प्रदर्शन भइरहेको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल