रोमानीयमा भ्रष्टाचारीलाई संरक्षण गर्ने आदेश विरुद्ध विशाल प्रदर्शन

बुखारेष्ट, २२ माघ । भ्रष्टाचारी विरुद्धको कानुनलाई खुकुलो बनाउने सरकारी कदम विरुद्ध रोमानीयामा पाँचौदिन शनिबार पनि हजारौँले प्रदर्शन गरेका छन् ।

बुखारेष्टको बीचभागमा जम्मा भएर उनीहरुले मानव साङ्लो बनाएर चर्को स्वरमा सिटी बजाउदै भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा देशभरी झन्डै दुई लाख ५० हजार प्रदर्शनकारी हुने शुक्रबार बेलुका अनुमान गरिएको थियो ।

सन् १९८९ मा कम्युनिष्ट तानाशाहलाई हटाउने बेलामा भएको प्रर्दशन पछिको सबैभन्दा ठुलो प्रदर्शन अहिले भएको प्रदर्शनकारीले बताएका छन् । सरकारले गलत तरिकाले आर्जन गरिएको सम्पत्तिलाई बैधानिकता दिन लागेको प्रर्दशनकारीहरुको आरोप छ ।

तर सरकारी पक्षले भने आफ्नो आदेश संशोधन हुन नसक्ने अडान राखिरहेको छ । भ्रष्टाचार गर्ने सरकारी अधिकारीलाई कारबाहीको दायरा कटौती गर्ने सरकारी आदेशका विरुद्धमा रोमानीयमा विगत पाँच दिन देखि प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री