संयुक्त राष्ट्रसङ्घ, २१ माघ । गत अक्टोबरदेखि हालसम्म उत्तरी म्यानमारबाट कम्तीमा पनि ९२ हजार जना विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बिहीबार संवाददाताहरुलाई दिएको जानकारीअनुसार म्यानमारको उत्तरी क्षेत्रमा पर्ने राखिने राज्यबाट उनीहरु विस्थापित भएका हुन् ।
विस्थापित भएका तीमध्ये झन्डै ६९ हजारजना सीमा पार गरी बङ्गलादेशतर्फ गएको पनि प्रवक्ता स्टेफन डुजार्रिकले दैनिक पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
विस्थापित भएकाहरुलाई विभिन्न निकायको सहयोगमा खाद्य पदार्थ र अन्य दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिएको छ ।
उनीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर उनीहरु बसेको ठाउँमा स्वास्थ्य क्लिनिक र पोषण केन्द्रहरु स्थापना गरिएको डुजार्रिकले बताउनुभएको छ ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर