वासिङ्गटन २० माघ । तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ । टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी हुनुहन्थ्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६४ बर्षीय टिलरसनलाई अमेरिकी सिनेटले विदेश मन्त्रीमा अनुमोदन गरेपछि अव ताजा विदेश नीति अपनाइने बताउनु भएको छ ।
विगतमा कुनै पनि सार्वजनिक पदधारण नगरेका टिलरसनलाई रुससँग निकट सम्बन्ध भएको भन्ने विषयमा आलोचना रहदै आएको छ ।
विशाल तेल कम्पनीका पूर्व प्रमुख टिलरसनले रुसी सरकारी तेल कम्पनी रोसनेफ्टसँग अर्बो डलर बराबरको व्यापारिक सम्झौता गरेका थिए ।
अमेरिकी सिनेटमा टिलरसनलाई अनुमादनको लागि भएको मतदानमा रिपब्लिकनहरुले उनको समर्थन गरेका थिए भने, अधिकांस डेमोक्र्याटले भने विरोध गरेका थिए ।
सिनेटमा ५६ भोट उनको पक्षमा परेको थियो भने ४३ भोट उनको विपक्षमा परेको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल