
बेलायती महारानीका प्रतिनिधि लर्ड लेफ्टिनेन्ट डेभिड ब्रिग्स् (एमबीइ) बाट अवार्ड ग्रहण गर्दै होम इन्सटिडका प्रवन्ध निर्देशक एवं सिनियर केयर मार्टिन जोन्स (बायां)
लन्डन । वृद्धवृद्धाको हेरचाहमा समर्पित नेपालीद्वारा सञ्चालित लन्डनको एउटा केयर होमले क्वीन्स् अवार्ड प्राप्त गरेको छ । नेपाली व्यवसायी फत्त थापाद्वारा सञ्चालित ‘होम इन्सटिड’ ले इन्टरप्राइज -इनोभेसनका लागि ‘दि क्वीन्स् अवार्ड २०१६’ प्राप्त गरेको कम्पनीले जनाएको छ । झण्डै ५० वर्ष यता प्रदान गरिंदै आएको उक्त अवार्ड यूके बिजनेशभित्र प्रतिष्ठित मानिन्छ ।
एक भव्य समारोहबीच बेलायती महारानीका प्रतिनिधि लर्ड लेफ्टिनेन्ट डेभिड ब्रिग्स् (एमबीइ) ले होम इन्सटिडका प्रवन्ध निर्देशक एवं सिनियर केयर मार्टिन जोन्सलाई अवार्ड प्रदान गरेका थिए ।
लन्डन ग्रीनवीचमा अवस्थित उक्त केयर होमले ग्रीनवीच र बेक्स्लीका ६० जना वृद्धवृद्धाको हेरचाह र सेवा गर्दै आएको छ । साथै उसले ४० जनालाई रोजगारी दिएको छ ।
होम इन्सटिडका निर्देशक फत्त थापाले इन्टरप्राइज – इनोभेसनका लागि क्वीन्स् अवार्ड पाउने आफ्नो पहिलो होम केयर भएको जनाउंदै उक्त अवार्डले सेवा प्रदान गर्न थप जिम्मेवार बनाएको बताए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]