सोल, १९ माघ । संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने स्पष्ट पार्नु भएको छ ।
आफ्नो मातृदेशमा मङ्गलबार भएको आकस्मिक पत्रकार सम्मेलनमा उहाँले आफू राष्ट्रपतिको दौडमा नभएको स्पष्ट पार्नु भएको हो ।
देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले संवाददातालाई बताउनुभयो । उहाँले आफ्नो यो निर्णयबाट आफ्ना सुभेच्छुकलाई चित्त दुःखेपनि आफू राष्ट्रपतिको उम्मेदवार नहुने जानकारी दिनुभयो ।
उहाँले अहिलेसम्म कहिल्यै पनि आफू राष्ट्रपतिका लागि उम्मेदवार हुने औपचारिक रुपमा कहीँ बताउनुभएको छैन । उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलन कुनै पूर्वतयारीबिना भएको थियो । उहाँ गत जनवरी १२ मा मात्रै आफ्नो देश दक्षिण कोरिया फर्किनु भएको हो ।
मुनले सम्हालेको संयुक्त राष्ट्रसङ्घको सबैभन्दा माथिल्लो पदको दोस्रो पाँचवर्षे कार्यकाल गत वर्षको अन्तिममा सम्पन्न भएको थियो । उहाँले आफूसँग सहकार्य गर्न चाहने तथा सहयोग लिन चाहाने जो सुकैलाई पनि आफूले सहयोग र सल्लाह दिन सक्ने बताउनुभएको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने