वसिङ्गटन, १८ माघ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय महान्याधिवक्ता पदमा डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नुभएको छ ।
सो पदमा कार्यरत कायम मुकायम सङ्घीय महान्याधिवक्ता स्याल्ली एट्सलाई सोमबार राति (नेपाली समयानुसार मङगलबार बिहान) हटाई उहाँको स्थानमा तत्कालै डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नुभएको हो ।
यसअघि, आप्रवासी र शरणार्थी तथा मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका देशका नागरिकलाई अमेरिका प्रबेश निषेध सम्बन्धमा राष्ट्रपति ट्रम्पले जारी गर्नुभएको कार्यकारी आदेशको समर्थन र यसबाट उत्पन्न हुने मुद्दा मामिलाको बहस पैरबी नगर्न कामु सङ्घीय महान्याधिवक्ता स्याल्ली एट्सले न्याय मन्त्रालय अन्तर्गतका सबै महान्याधिवक्ताका नाममा एक आदेश जारी गरेकी थिइन् ।
डेमोक्र्याटिक पार्टीका समर्थक, पूर्वराष्ट्रपति बाराक ओबामाका पालामा नियुक्त महान्याधिवक्ता एट्सको यस्तो गतिबिधिबाट क्रुद्ध भइ राष्ट्रपति ट्रम्पले उनलाई तत्कालै बर्खास्त गरी सो पदमा डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नुभएको जनाइएको छ ।
राष्ट्रपति ट्रम्पको निजी सचिवालयमा सोमबार राति नै डाना बोएन्टेको शपथग्रहण भइ सकेको बताइन्छ । लामो समयसम्म सङ्घीय सरकारी वकिल भइ कार्यरत बोएन्टेलाई अप्रत्याशितरुपमा नियुक्ति दिइएको जनाइएको छ ।
कायम मुकायम मुकर्रर हुनासाथ बोएन्टेले तत्कालै एक विज्ञप्ति प्रकाशित गरी खोसुवामा परेका पूर्वमहान्याधिवक्ता एट्सको आदेश रद्द गरी न्याय मन्त्रालय अन्तर्गतका सबै महान्याधिवक्ताले सरकारको नूनको सोझो चिताउन र आफूले शपथग्रहण गरे बमोजिमका कत्र्तव्य पालन गर्न (डु आवर सोर्न ड्युटी) नयाँ आदेश जारी गरेका छन् ।
साथै, राष्ट्रपति ट्रम्पले जारी गर्नुभएको कार्यकारी आदेश विषयवस्तु राम्ररी विश्लेषण गरी मस्यौदा गरिएको र एकदमै न्यायसँगत रहेको समेत उक्त विज्ञप्तिमा दावी गरिएको छ ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा