वसिङ्गटन, १८ माघ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय महान्याधिवक्ता पदमा डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नुभएको छ ।
सो पदमा कार्यरत कायम मुकायम सङ्घीय महान्याधिवक्ता स्याल्ली एट्सलाई सोमबार राति (नेपाली समयानुसार मङगलबार बिहान) हटाई उहाँको स्थानमा तत्कालै डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नुभएको हो ।
यसअघि, आप्रवासी र शरणार्थी तथा मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका देशका नागरिकलाई अमेरिका प्रबेश निषेध सम्बन्धमा राष्ट्रपति ट्रम्पले जारी गर्नुभएको कार्यकारी आदेशको समर्थन र यसबाट उत्पन्न हुने मुद्दा मामिलाको बहस पैरबी नगर्न कामु सङ्घीय महान्याधिवक्ता स्याल्ली एट्सले न्याय मन्त्रालय अन्तर्गतका सबै महान्याधिवक्ताका नाममा एक आदेश जारी गरेकी थिइन् ।
डेमोक्र्याटिक पार्टीका समर्थक, पूर्वराष्ट्रपति बाराक ओबामाका पालामा नियुक्त महान्याधिवक्ता एट्सको यस्तो गतिबिधिबाट क्रुद्ध भइ राष्ट्रपति ट्रम्पले उनलाई तत्कालै बर्खास्त गरी सो पदमा डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नुभएको जनाइएको छ ।
राष्ट्रपति ट्रम्पको निजी सचिवालयमा सोमबार राति नै डाना बोएन्टेको शपथग्रहण भइ सकेको बताइन्छ । लामो समयसम्म सङ्घीय सरकारी वकिल भइ कार्यरत बोएन्टेलाई अप्रत्याशितरुपमा नियुक्ति दिइएको जनाइएको छ ।
कायम मुकायम मुकर्रर हुनासाथ बोएन्टेले तत्कालै एक विज्ञप्ति प्रकाशित गरी खोसुवामा परेका पूर्वमहान्याधिवक्ता एट्सको आदेश रद्द गरी न्याय मन्त्रालय अन्तर्गतका सबै महान्याधिवक्ताले सरकारको नूनको सोझो चिताउन र आफूले शपथग्रहण गरे बमोजिमका कत्र्तव्य पालन गर्न (डु आवर सोर्न ड्युटी) नयाँ आदेश जारी गरेका छन् ।
साथै, राष्ट्रपति ट्रम्पले जारी गर्नुभएको कार्यकारी आदेश विषयवस्तु राम्ररी विश्लेषण गरी मस्यौदा गरिएको र एकदमै न्यायसँगत रहेको समेत उक्त विज्ञप्तिमा दावी गरिएको छ ।
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप