टोरन्टो । क्यानडाको टोरन्टो शहरमा गत साता आयोजित एक भेलाका सहभागी एनआरएनले लगानीका लागि उपयुक्त र सहज वातावरण बनाउन नेपाल सरकारसमक्ष आग्रह गरेका छन्।
गत जनवरी २२ तारिखका दिन एनआरएनए क्यानडाद्वारा आयोजित ‘नेपालमा लगानी गरौं’ भन्ने एक अन्तरक्रियामा बोल्दै वक्ताहरुले नेपालमा अझै लगानीकालागि सुरक्षित र जोखिमरहित वातावरण बन्न नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्य, एनआरएनए अमेरिकाका अध्यक्ष डा केशब पौडेल, एनआरएनए यूकेका सल्लाहकार रामशरण सिंखडा लगायतका वक्ताहरुले नेपालमा बौद्धिक तथा आर्थिक लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आव्हान पनि गरे ।
एनआरएनए क्यानडाले एनआरएनए आइसीसीलाई नेपालमा लगानी गर्नका लागि सुरक्षित र उपयुक्त वातावरण बनाउन नेपाल सरकारसंग पहल गर्न आव्हान गरेको छ। त्यस्तै प्रवासमा बसेका सबै नेपालीहरुले ठूलो रकम लगानी गर्न नसक्ने हुनाले ससानो रकम पनि लगानी गर्ने वातावरण बनाउन पनि आव्हान गरिएको छ ।
क्यानडामा गैरआवासीय नेपालीहरुको सक्रियतामा शुरु गरिएको हातेमालो समूहको उदाहरण दिंदै एनआरएनए क्यानडाले सामूहिक लगानीलाई प्रोत्साहित गर्नुपर्ने सुझाव पनि दिएको छ । सो अवसरमा हातेमालो फाइनेन्सियल इंकका कोषाध्यक्ष कमल पौडेलले एक प्रस्तुति पनि दिएका थिए ।
तुला भट्टचनले संयोजन गरेको उक्त कार्यक्रममा एनआरएनए एनसीसी क्यानडाका अध्यक्ष तुल्सीप्रसाद सापकोटाले सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा क्यानडास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल