वासिङटन, १६ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरव र युएइका नेतासँग मुस्लीम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएको बारेमा टेलिफोन बार्ता गर्नुहुने भएको छ ।
केही देशका मुस्लीमलाई रोक लगाइएको विषयमा विश्वभरी होहल्ला हुन थालेपछि उहाँले रोक नलगाइएका मुस्लीम देशका नेतासँग आइतबार कुराकानी गर्न लाग्नुभएको हो ।
ट्रम्पले दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपति ह्वाङ क्यो अहङसँग पनि कुराकानी गर्ने तयारी गर्नुभएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसले निकालेको विज्ञप्तीमा उनी सबैसँग केही देशका आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउनुको कारण र यसले पार्ने असरका बारेमा छलफल हुने जनाइएको छ ।
यही जनवरी २० देखि अमेरिकाको राष्ट्रपतिको जिम्मेबारी लिनुभएका ट्रम्पले सबैभन्दा पहिला साउदी अरवका राजा सलामनसँग कुराकानी गर्नुहुने छ ।
त्यसपछि उहाँले युएइका अधिराजकुमार मोहम्मदबिन जयद अल नह्यानसँग टेलिफोन बार्ता गर्ने कार्यतालिका रहेको छ ।
अमेरिकाले प्रवेशमा रोक लगाएका देशमा साउदी अरव र युएइ कुनै देश पर्दैनन् । ट्रम्पले इरान, ईराक, लिविया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको हो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?