वासिङटन (अमेरिका), १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बढ्दो आप्रवासी दबाब तथा आतङ्कवादलाई नियन्त्रण गर्न कडा नियम ल्याउन आदेश दिनुभएको छ ।
शुक्रबार पेन्टागनमा भएको रक्षामन्त्री जनरल जेम्सम्याटिसको सपथग्रहणका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकालाई सुरक्षित राखिराख्न उग्रवादी इस्लामिक समूहका सदस्यको प्रवेशलाई नियन्त्रण राख्न जरुरी हुने भएकाले नयाँ तथा कडा उपाय सोच्न आफ्ना रक्षामन्त्रीलाई सल्लाह दिनुभयो ।
उक्त अवसरमा ट्रम्पले आप्रवासीहरुलाई दिने कडा उपाय के रहने छन् भन्नेबारे भने विस्तृत रुपमा जनाउनुभएन । राष्ट्रपति ट्रम्पले आफू अमेरिकाको हित चाहने र अमेरिकालाई माया गर्नेहरुको प्रवेशलाई नियन्त्रण गर्ने नभई यसका विरोधी यहाँ प्रवेश नगरुन भनेर नयाँ कानुन ल्याउन चाहेको बताउनुभयो ।
ट्रम्पले भन्नुभयो, “हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि हामी हाम्रा देशका लागि जोखिम हुने तत्वलाई देश भित्रिन दिने छैनौँ । हामी अमेरिका र यहाँका नागरिकलाई माया गर्ने विदेशीलाई मात्रै यहाँ आउन दिन्छौँ ।”
ट्रम्पले बहुसङ्ख्यक मुसलमान भएका विभिन्न छ मुलुकबाट अमेरिका पुग्ने नागरिकमाथि निगरानी बढाउन चाहेको स्पष्ट पार्नुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमा मसुलमानहरुको व्यापक अध्ययनविना अमेरिका प्रवेश गर्न नदिने बताए पनि राष्ट्रपतिमा निर्वाचित भएयता यस विषयलाई चर्चाको विषय बनाउनुभएको थिएन ।
पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले सिरियामा जारी द्वन्द्वबाट प्रभावित भई विस्थापित बनेका करिब १० हजार शरणार्थीलाई अमेरिका प्रवेश गर्न दिएको थियो ।
यसैबीच ट्रम्पको मुसलमानलाई अमेरिका प्रवेशमा कडाई गर्ने भनाईपछि विभिन्न बहुसङ्ख्यक मुसलमान भएका मुलुकबाट आलोचना हुँदै आएको छ ।
यसैबीच राष्ट्रपतिको आदेश अनुसार अमेरिकाले सम्पूर्ण मुलुकबाट यहाँ आउने शरणर्थीलाई १२० दिनका लागि रोक्न शनिबार देखि नै शुरु गरेको अमेरिकी सञ्चारमाध्ययमले जनाएका छन् ।
त्यस्तै इराक, सिरिया, इरान, सुडान, सोमालिया र यमनका पर्यटक समेतलाई आगामी ९० दिनका लागि रोक लगाएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण