
बेलायती प्रधानमन्त्री टेरेजा मे र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान अंकारामा हात मिलाउंदै । तस्विरः एपी
अङ्कारा (टर्की), १५ माघ । बेलायतकी प्रधानमन्त्री टेरेजा मेले टर्की बेलायतको लामो समयदेखिको असल मित्र रहँदै आएको बताउनुभएको छ ।
शनिबार एक दिनको टर्की भ्रमणमा जानुभएकी प्रधानमन्त्री मेले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान र प्रधानमन्त्री विनाली यिल्दीरिमसँग भेट गर्नुभएपछि प्रतिक्रिया दिँदै भन्नुभयो, “टर्की बेलायतका केही पुराना सहयोगी राष्ट्रमध्ये एक भएको र दुई देशबीच लामो समयदेखि सुमधुर सम्बन्ध करिब ४०० वर्ष पुरानो भएको बताउँदै दुई देशबीच विगतमा रहँदै आएको मित्रता अझै मजबुत बनाएर अघि जाने बताउनुभयो ।”
उक्त अवसरमा बेलायतले युरोपियन युनियन (ईयू) बाट बहिर्गमन भएदेखि नै दुई देशको सम्बन्धलाई अझै सुमधुर बनाउँदै अगाडि बढ्न चाहेको बताउनुभयो ।
बेलायती प्रधानमन्त्री ईयूबाट बहिर्गमनपछि पनि दुई देशबीच रहँदै आएको व्यापारिक सम्बन्धमा छलफल गर्ने उद्देश्यले टर्की पुग्नुभएको हो ।
हामीबीच बेक्जिटपछिको व्यापारिक सम्बन्धको बारेमा छलफल गरी सहकार्य गर्ने सहमति भएको छ, मेले पत्रकारसमक्ष बताउनुभयो ।
यसैबीच एर्डोगानले दुई देशबीच यसअघि रहेको वार्षिक १५ अर्ब अमेरिकी डलर बराबरको व्यापारिक सम्झौतालाई २० अर्ब पुरयाउने विषयमा छलफल भएको बताउनुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल