रब्याट (मोरक्को), १४ माघ । तीन दशक पहिले अफ्रिकी सङ्गठनबाट अलग भएको उत्तरपश्चिमी राष्ट्र मोरक्को यही जनवरी ३० र ३१ गते इथियोपियामा हुने २८ औँ अफ्रिकी शिखर सम्मेलनका अवसरमा अफ्रिकी महासङ्घमा पुनः सहभागी हुने भएको छ ।
मोरक्को ‘अफ्रिकन युनिटी’ बाट सन् १९८४ मा छुट्टिएको थियो । ‘अफ्रिकन युनिटी’ पछि ‘अफ्रिकन युनियन’ (एयू) का रुपमा परिवर्तन भएको हो ।
मोरक्केका नरेश मोहम्मद छैटौँले गत वर्ष जुलाईमा रुवान्डाको किगालीमा भएको २७ औँ एयू शिखर सम्मेलनका अवसरमा एक सन्देश पठाउँदै आफ्नो मुलुक अफ्रिकी संस्थाबाट बाहिर रहेर बस्न नचाहेको भन्दै सदस्यताका लागि औपचारिक आग्रह गर्नुभएको थियो ।
मोरक्कन नरेशले शरीरमा कुनै रोग लाग्दा शरीरभित्रबाटै हुने पचार प्रभावकारी हुने बताउँदै आफूलाई अफ्रिकी नेताहरुले सदस्यता लिन गरेको आग्रहलाई नजरअन्दाज गर्न नसक्ने जनाउनुभयो ।
चौवन्न सदस्य भएको एयूमा २८ राष्ट्रद्वारा मोरक्कोलाई पुनः सदस्यता दिनुपर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने