वासिङटन, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रेवशमा कडाई गर्ने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गर्नुभएको छ ।
ट्रम्पले उग्र इस्लामवादी आतङ्ककारीहरुलाई अमेरिका भित्रिन नदिनका लागि आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गर्नुपरेको बताउनुभएको छ ।
पेन्टागनमा हस्ताक्षर गरेपछि उहाँले भन्नुभयो, “हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्नेेलाई मात्रै आउन दिन्छौँ ।”
राष्ट्रपति ट्रम्पले शरणार्थीका रुपमा अमेरिका आउन खोज्नेमध्ये क्रिश्चियन धर्माबलम्वीलाई प्राथमिकता दिइने स्पष्ट पार्नुभएको छ ।
राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यस बारेमा विस्तृत विवरण दिइसकेको छैन । तर समाचारदाताले यो आदेश सिरियाका शारणार्थीप्रति बढी लक्षित रहेको हुनसक्ने विश्लेषण गरेका छन् ।
आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले मुसलमानहरुलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने