श्रीनगर (भारत), १४ माघ । भारत अधिनस्थ काश्मिरको हिमालय क्षेत्रहरुमा अवस्थित भारतीय सैनिक चौकीहरुमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या १४ पुगेको छ । भारतीय सैनिक स्रोतले शुक्रबार सो जानकारी दिएको छ ।
हिमालय क्षेत्र काश्मिरमा भारत र पाकिस्तान छुट्टाउने सीमा रेखामा उच्चस्तरमा सैनिक तैनाथ गरेको स्थानमा सो हिमपहिरोबाट प्रभावित भएको जनाइएको छ ।
चार जना भारतीय सैनिकको थप शव शुक्रबार निकाले पछि सो सङ्ख्या १४ पुगेको बताइएको छ । भारतीय सैनिक कर्णेल राजेश कालियाका हिमपहिरो गएको स्थानहरुबाट बिहीबारबाट नै उद्धारकार्य सुरु गरिएको थियो ।
छुट्टाछुट्टै स्थानमा रहेको सैनिक चौकीहरुमा बुधबार रातिबाट गएको यस हिमपहिरोमा परी कम्ती २१ भारतीय सैनिक पुरिएका थिए । तीमध्ये सात जनालाई भने जीवितै उद्धार गरिएको थियो ।
हिमपहिरो र पहिरो काश्मिरमा एक साधारण घटनाको रुपमा हँुदै आएको पाइन्छ । जसको कारण सीमा रेखामा रहेका भारतीय र पाकिस्तानी सैनिक ठूलो सङ्ख्यामा ज्यान गुमाउने गरेका छन् ।
गतबर्ष भारत अधिनस्थ काश्मिरमा छुट्टाछुट्टै इलाकामा गएको दुई वटा हिमपहिरोमा परी कम्तीमा १४ सैनिकको मृत्यु भएको थियो ।
त्यसैगरी पाकिस्तान नियन्त्रित काश्मिरमा सन् २०१२ मा गएको भीषण हिमपहिरोमा परी कम्तीमा १४० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा १२९ जना पाकिस्तानी सैनिक रहेका थिए ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय