शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: ०७:०६ | UK Time: 01:21

उत्तर कोरियाली शासककै पथमा डोनाल्ड ट्रम्प ?

वीनेपाली
२०७३ माघ १२ गते १४:१३

डोनाल्ड ट्रम्प

एट्लान्टा – हरेकपटक वासिङ्टन डिसीमा नयाँ राष्ट्रपति आउँदा सल्लाहकार र सहयोगी जो लामो समयदेखि व्यक्तिगत सम्बन्ध बनाउँछन् र निर्वाचन अभियानमा राष्ट्रपतिसँग अझ नजिकिन्छन् उनीहरुले प्रशासनमा निकै ठूलो स्थान पाएको महसुस हुन्छ । ‘आइरिस भाइचारा’बाट जोन एफ् केनेडी राष्ट्रपति हुने र ‘बर्लिनको पर्खाल’ ले रिचर्ड निक्सनलाई पहरा दिएजस्तै नजिकका र भित्रियाहरुले प्रशासनका ठूला हस्तीलाई माथ गरेका छन् । तर डोनाल्ड ट्रम्प नआउन्जेलसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले भित्रियाहरुलाई ह्वाइट हाउसमा ल्याएनन् ।

ट्रम्पको व्यापारी विगत तथा राष्ट्रपतीय अभियानलाई विश्लेषण गर्दा उनलाई सहयोग गर्नेमा बाहिरबाट निकै थोरै थिए । यसबाट उनको प्रशासनले लिने निर्णयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मुद्दामा बिल्कुल अनुभव नभएका उनकै छोराछोरीको हालीमुहाली हुने देखिन्छ । चुनावी अभियानमा एकपछि अर्को नियुक्त गर्दै निकाल्दै गर्नमा ट्रम्पका छोराछोरी अग्रपङ्क्तिमा रहे । उनकी छोरी इभान्का बाबुले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग गरेको गोप्य भेटमा सँगै थिइन् । त्यसैगरी उनका छोरा डोनाल्ड जुनियरले सांसद रायन जिन्केलाई नयाँ सरकारमा आन्तरिक मामला मन्त्री बनाउन मुख्य भूमिका खेले ।

यतिखेर ट्रम्प आफ्नो परिवारलाई ह्वाइट हाउस भित्र्याउँदैछन् । इभान्का प्रथम महिला (फस्ट लेडी) को कार्यालय समाल्न तयार छिन् । घरजग्गा लगानीकर्ता उनका श्रीमान् जारेड कुश्नेर ससुरालाई चित्त परयो भने मध्यपूर्वमा शान्ति कायम गर्नका लागि उनका विशेष दूत हुन सक्छन् । अनि रहनेछन् डोनाल्ड जुनियर र उनका भाइ एरिक न्युयोर्कको ट्रम्प अर्गनाइजेसन चलाउन, जसले बाउको विदेश व्यापारलाई हेर्नेछन् । तर ट्रम्प के दाबी गरिरहेका छन् भने उनका छोराहरुले पूर्णरुपले स्वतन्त्र भएर काम गर्नेछन् ।

यस्ता कार्यले प्रश्न खडा गरेका छन् – ट्रम्पका छोराछोरी बाबुको पदलाई आफ्नो पारिवारिक व्यापार व्यवसाय बढाउनका लागि प्रभाव पार्ने क्षमता राख्छन् ? त्यसैगरी कति बा ट्रम्पले बाझिएको स्वार्थ वा नातावाद विरोधी नियमको हनन गर्ने पो हुन् कि भनेर चिन्तित छन् । तर ट्रम्प यस्ता शङ्कालाई महत्वहीन कुराका रुपमा लिन्छन् ।

यसमा अचम्म मानिरहनु पर्दैन । ट्रम्पको व्यवस्थापन ढाँचा भनें पारिवारिक घेराबाट नै निर्माण भएको छ । सानैदेखि कसरी व्यापार व्यवसाय फस्टाउन सकिन्छ भन्ने वातावरणमा उनका छोराछोरी भिजेका छन्, हुर्किएका छन् र लामो समयदेखि ट्रम्प अर्गनाइजेसनको यो सफलतामा काम गरेका छन् । उनीहरुले कम्पनीको बोर्डमा तीन सिट ओगटेका छन् र ट्रम्प आफूसहित चारजना । कम्पनीमा उनीहरुको स्थान, बाबुसँगको सम्बन्धलाई हेर्दा ट्रम्पको सरकारमा उनीहरुको प्रभावलाई शङ्कामा राख्नु पर्दैन ।

त्यसैगरी बाँकी रहेका माथिल्लो पदमा लामो समयदेखि औषत १७ वर्षदेखि पारिवारिक हिसाबले एक पछि अर्को मान्छे रहेका छन् । धेरै त तीन दशकसम्म ट्रम्पको अति नजिक भएर काम गरे । उस्तै ओजको सार्वजनिक कम्पनीसँग तुलना गर्दा ट्रम्पको अर्गनाइजेसनको पारिवारिक उच्च कार्यकारी पद तथा यसको सल्लाहकारहरुको निरन्तरता महत्वपूर्ण छ । कुनै प्रशासनसम्बन्धी नियुक्त व्यक्तिलाई शिक्षा स्पष्ट छ – वंशजपछि केवल बफादारिता नै संस्थाको कार्यकारी पदमा पुग्ने-रहने महत्वपूर्ण कडी हो ।

आधुनिक अमेरिकी राष्ट्रपतीय निर्वाचनको इतिहासले ट्रम्पको परिवारले चलाएको नेतृत्व शैलीले काम गर्छ कि गर्दैन भन्ने कुरामा प्रकाश पार्दछ । तर ट्रम्पले भित्री घेरामा पारिवारका सदस्य थुपार्दाको फाइदा बेफाइदाबारेमा विश्लेषण गर्ने सम्भावना छैन, आफ्नै अनुभवका कारणले मात्र पनि होइन – उसको बुबाले ट्रम्पलाई पारिवारिक व्यापारमा ल्याउँदादेखि उनले अन्त कतै पनि काम गरेनन् ।

त्यतिमात्र होइन, ट्रम्प केवल कुनै व्यापारको मालिक जो सबै नेतृत्व आफ्नो परिवारमा मात्रै राख्न मन पराउँछन्, भन्दा निकै टाढा छन् । बोस्टोन परामर्श समूह २०१६ को एक प्रतिवेदनअनुसार वार्षिक एक अर्ब डलर वा त्योभन्दा माथि राजस्व तिर्ने अमेरिकी कम्पनीको एक तिहाइ परिवारको स्वामित्वमा छ । तीमध्ये, ४० प्रतिशत परिवारले चलाएका छन् ।

विकसित प्रजातन्त्रमा नभए पनि सरकारमा परिवारमा आधारित नेतृत्व भएका नजिर प्रशस्तै छन् । काजखस्तानदेखि कङ्गोसम्म सम्भ्रान्तहरुले शासनमा डेरा जमाएका छन्, हडप्न खोज्नेविरुद्ध कडा निगरानी राखेका छन् र आफ्ना सन्ततीलाई सत्ता हस्तान्तरण गरेका छन् ।

यो प्रसङ्ग ल्याउँदा धैरै टाढाको जस्तो लाग्छ – ट्रम्पलाई विश्वकै लामो पारिवारिक तानासायी शासकहरु उत्तर कोरियाको किम्सहरुसँग तुलना गर्दा । उनीहरुबीच धेरै समानता देखा पर्दैछन् र कति त यसअघि नै देखिएका छन् ।

पारिवारिक ताना शासनको पहिलो नियम हो बफादारिताको महत्वपूर्ण स्थान । उत्तर कोरियामा सेनाहरुबाट नेता किम जोन उनको सहयोगमा गरिने नाटकीय प्रतिज्ञाजस्तै ट्रम्पको ह्वाइट हाउसले पनि वंशलाई अविच्छिन्न बफादारिता खोज्ने सम्भावना छ ।

चिफ अफ स्टाफ रेइन्स प्रिबस र मुख्य रणनीतिकार स्टिभ बानोनको ह्वाइट हाउसमा हुँदै गरेको आगमनले स्पष्ट सन्देश दिइसकेको छ । उनीहरु दुवैले कुश्नेरको अत्यधिक गुणगान गाएका छन् र निर्णय लिने कुरामा उसको महत्वपूर्ण संलग्नता रहनेछ भनेका छन्, जबकि कुश्नेरसँग कुनै अनुभव भने छैन ।

दोस्रो हो, कामअनुसार नाम । किम, जसले कोरियामा नेतृत्व गरिरहेको वर्कर्स पार्टीको बरियता मानेनन्, त्यसैगरी ट्रम्पले पनि आफ्नै छोराछोरीलाई महत्वपूर्ण जिम्मेवारी दिने सम्भावना छ । ट्रम्पको छोराछोरी र श्रीमतीको औपचारिक राष्ट्रपतीय नियुक्तिहरुमा सायद नातावादको कानुन लाग्ला तर यसले व्यवहारमा भने धेरै अर्थ राख्दैन, उनीहरुको प्रत्यक्ष शक्तिको असर छिट्टै स्पष्टरुपमा देखिन्छ । वास्तवमा, ट्रम्पको मुख्य उद्देश्य प्राप्तिका लागि उनीहरुको प्रभावले मन्त्रिपरिषद्स्तरको नियुक्तिलाई भने सजिलै ओझेलमा पार्ने छ र ती नियुक्ति पाएकाहरु आफूलाई सो कुरामा अभ्यस्त गर्नमा चनाखा हुनेछन् ।

तेस्रो, अचानक धेरै बढुवा हुनेछन् र कति निष्काशनमा पर्ने छन् । उत्तर कोरियामा यो विषयमा माथिबाटै प्रहार भयो । रियालिटी टिभी व्यक्तित्वमा न्यून तहका कर्मचारीको बढुवा र कतिको उत्तेजित निष्काशनले यस्तै कुराको छनक मिल्छ । किमको नेतृत्वमा जस्तै ट्रम्पको शासनमा पनि असफल नीतिमा कर्मचारीलाई जोडिने छ, जहाँ परिवारबाहेकले चुनौती सामना गर्ने छन् ।

चुनाव हुनु दुई हप्ता पहिले ट्रम्पको अभियानका उच्च कर्मचारी ब्राड पास्र्कलले ट्रम्पको ह्वाइट हाउसले कसरी काम गर्छ भन्ने सुझाए । उनले भने – “मेरो बफादारिता परिवारप्रति हो ।” यस्तो स्पष्टसँग त किमको परिवारको मान्छेले पनि भन्दैन होला ।

सिआइएका पूर्व वरिष्ठ विश्लेषक केन्ट ह्यारिङ्टन पूर्वी एसियाका लागि राष्ट्रिय गुप्तचर अधिकृत, एसियाका स्टेसन प्रमुख र सिआइएका सार्वजनिक मामलासम्बन्धी निर्देशक ।

(प्रोजेक्ट सिन्डिकेट-अनुवाद नारायणप्रसाद घिमिरे, रासस) 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक