मोगादिसु, १२ माघ । मोगादिसुको प्रख्यात होटेलबाहिर बुधबार भएको दुई वटा कारबम आक्रमणमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
बदुन्कधारीहरुले होटेलको भवनभित्र जानका लागि बलपूर्वक गरेको कोशिसका क्रममा गोली प्रहार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यस आक्रमणको अल कायदासँग आवद्ध साबाब आतङ्ककारी समूहले जिम्मा लिएको छ ।
सोमाली संसदनजिकै रेहेको दयाह होटेलको प्रवेशद्वारको एक कारमा रहेको विस्फोटक पदार्थ विस्फोटन गराइएको जनाइएको छ ।
आँधीको रुपमा आएका बन्दुकधारीहरुले होटेलको प्रवेशद्वारमा रहेको सुरक्षा गार्डहरुसँग दोहोरो गोली हानाहान गरेको प्रहरी अधिकारी इब्राहिम मोहमदले जानकारी दिएका छन् । लगत्तै दोस्रो कारबम विस्फोटन गराइएको बताइएको छ ।
यस आक्रमणमा मारिएका सबै सुरक्षा अधिकारी र सर्वसाधारण नागरिक रहेको र यस आक्रमणमा परी कैयौँ व्यक्ति घाइते भएको मोहमदले बताएका छन् ।
साबाब आतङ्ककारी समूहले एक विज्ञप्ति प्रकाशित गरी सो आक्रमण गराएको जानकारी दिएका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल