मोगादिसु, १२ माघ । मोगादिसुको प्रख्यात होटेलबाहिर बुधबार भएको दुई वटा कारबम आक्रमणमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
बदुन्कधारीहरुले होटेलको भवनभित्र जानका लागि बलपूर्वक गरेको कोशिसका क्रममा गोली प्रहार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यस आक्रमणको अल कायदासँग आवद्ध साबाब आतङ्ककारी समूहले जिम्मा लिएको छ ।
सोमाली संसदनजिकै रेहेको दयाह होटेलको प्रवेशद्वारको एक कारमा रहेको विस्फोटक पदार्थ विस्फोटन गराइएको जनाइएको छ ।
आँधीको रुपमा आएका बन्दुकधारीहरुले होटेलको प्रवेशद्वारमा रहेको सुरक्षा गार्डहरुसँग दोहोरो गोली हानाहान गरेको प्रहरी अधिकारी इब्राहिम मोहमदले जानकारी दिएका छन् । लगत्तै दोस्रो कारबम विस्फोटन गराइएको बताइएको छ ।
यस आक्रमणमा मारिएका सबै सुरक्षा अधिकारी र सर्वसाधारण नागरिक रहेको र यस आक्रमणमा परी कैयौँ व्यक्ति घाइते भएको मोहमदले बताएका छन् ।
साबाब आतङ्ककारी समूहले एक विज्ञप्ति प्रकाशित गरी सो आक्रमण गराएको जानकारी दिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा