फ्लोरिडा (इटाली), ११ माघ । इटालीमा केही दिन पहिले गएको हिम पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबार १५ पुगेको यहाँको आन्सा न्युज एजेन्सीले जनाएको छ । बेपत्ता १४ जनाको उद्धारका लागि हेलिकोप्टर र स्किङ्ग समूहहरु निरन्तर खटिरहेका बताइएको छ ।
उद्धारमा सहभागी समूहलाई उद्धृत गर्दै आन्साले भनेको छ, “उद्धार टोलीले छ दिनदेखि अनवरत रुपमा हराएका मानिसको खोजी गरिरहे पनि उनीहरु पत्ता नलागेको साथै घटना भएको छ दिन भइसकेकाले अब उनीहरु जीवित पाइने सम्भावना क्षीण बनेको छ ।”
मध्य इटालीको अब्रुजो क्षेत्रमा रहेको एकतारे होटल हिमपहिरोले पुर्दा धेरै मानिसको मृत्यु हुनुका साथै अझै कैयौँ होटल कर्मचारी बेपत्ता रहेका छन् । उक्त घटनामा फसेका नौ जनालाई जीवितै उद्धार गरिएको थियो भने केही उपचारपछि घर फर्किएका छन् । तीन जना स्थानीय अस्पतालमा उपचाररत् छन् ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने