
सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत स्टाफन डि मिस्टुरा सिरिया शान्ति वार्ताका लागि काजकिस्तान आइपुग्दा । तस्विरः एपी
अस्ताना (काजकिस्तान), ११ माघ । द्वन्द्वग्रस्त सिरियामा शान्ति स्थापनार्थ रसिया, टर्कीको पहलमा गरिएको युद्धबिराम सम्झौतापछिको वार्ता प्रक्रियालाई अगाडि बढाउन त्रिदेशीय संयन्त्र गठन गरी शान्ति वार्ताको अनुगमन गर्ने सहमति भएको छ ।
सिरिया द्वन्द्व अन्त्यका लागि मङ्गलबार भएको संयन्त्र गठन गर्ने सहमति भएको र रसिया, टर्की र इरानी प्रतिनिधि सम्मिलित संयन्त्रले सिरियाली राष्ट्रपति बसर अल असद प्रशासन र विद्रोहीबीच हुने वार्तालाई सम्झौताअनुरुप अगाडि बढ्न अभिप्रेरित गर्ने सहमति भएको काजकिस्तानका विदेशमन्त्री कैराट अब्द्राखमानोभले एक विज्ञप्ति जारी गरी बताउनुभएको छ ।
विदेशमन्त्री अब्द्राखमानोभका अनुसार वार्तालाई संयन्त्रले अनुगमन गर्ने र सकेसम्म छिटो टुङ्ग्याउन सरकार तथा विद्रोही पक्षलाई अभिप्रेरित गर्नेछ ।
सिरियाली सरकार र विद्रोहीवीच भएको युद्धविराम सम्झौता अनुरुप अस्तानास्थित एक होटलमा जनवरी २३ (सोमबार) देखि वार्ता शुरु भएको हो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार