
युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा सञ्चालित सातांै पोखरा महोत्सवको समापन कार्यक्रममा सहभागी वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारी लगायत अन्य अतिथिहरु । तस्बिर ः निमदत्त सुवेदी, रासस, पोखरा
पोखरा, १० माघ । युनाइटेड क्लब पोखराको आयोजनामा स्थानीय अमरसिंह चौरमा सञ्चालित सातौँ पोखरा महोत्सव एक लाख ८९ हजार दर्शकले अवलोकन गर्दै आज सम्पन्न भएको छ ।
गत पुस २९ गतेदेखि सुरु भएको सो महोत्सव प्रचारप्रसार समितिका संयोजक राजु श्रेष्ठले महोत्सवबाट भएको आम्दानीले ‘पोखरा उज्यालो अभियान’अन्तर्गत सौर्य बत्ती जडान, चिडियाखाना निर्माण, सेती नदी संरक्षण एवम् शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा खर्च गरिने बताइएको छ ।
महोत्सव समापन समारोहमा वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले क्लबद्वारा आयोजित पोखरा तारा गायन प्रतियोगितामा प्रथम हुने शुभम् थापा मगरलाई रु ५० हजार र ट्रफीबाट सम्मान गर्दै तीन वटै निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयन हुने र मुलुक आर्थिक समृद्धिको बाटो तर्फ अग्रसर हुने बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा