बन्जुल, १० माघ । पश्चिम अफ्रिकी क्षेत्रीय सेनाको फौजले गाम्बियाको राजधानी बन्जुलमा रहेको राष्ट्रपति भवन नियन्त्रणमा लिएको छ ।
पराजित भएपछि पनि पद त्याग्न अस्वीकार गर्दै आउनुभएका निवर्तमान राष्ट्रपति याह्या जामेहले देश छोडेको भोलिपल्ट नै आइतबार अन्तर्राष्ट्रिय सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो ।
पश्चिमी अफ्रिकी मुलुकहरुको आर्थिक समूह (इकोवास)ले पठाएको सेनालाई राष्ट्रपति भवन नियन्त्रणमा लिन सुरुमा केही गाह्रो भएको थियो ।
राष्ट्रपति भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका उच्चअधिकारी र अन्तर्राष्ट्रिय सेनाका प्रमुखका बीचमा केही घन्टा वार्ता भएको थियो । “यहाँ केही समस्या छैन । हामी शान्ति चहान्छौँ । शान्ति नै राम्रो कुरा हो,” वार्ता चलिरहेका बेला राष्ट्रपति भवनमा सुरक्षाका लागि खटिएका गाम्बियाका एक सुरक्षाकर्मीले भन्नुभयो ।
निवर्तमान राष्ट्रपति जम्मेह राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलीतुम्बासहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन हुनुभएको थियो ।
जाँदाजाँदै निवर्तमान राष्ट्रपति जामेहले निजी झोलीतुम्बा भन्दै कडा सुरक्षाका बीच थुप्रै ट्रकमा टनाटन सरसामान पनि ओसारी साथमै लैजान भ्याउनुभएको छ ।
गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार–चढाव, खिचातानी र झन्डै सुरु हुन लागेको रक्तपातपूर्ण विद्रोहपश्चात् पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको मध्यस्थतामा निवर्तमान राष्ट्रपति जामेहले अन्ततोगत्वा सत्ता त्याग गर्नुभएको हो ।
पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनका प्रतिनिधिसँगको अन्तिम वार्ता र छलफलपछि गत शनिबार बेलुकी उहाँले सत्ता परित्याग गर्ने घोषणा गर्नुभएको थियो ।
निर्वासनमा जानुभन्दा केही समय अघि उहाँले गाम्बियाको सबै राजनीतिक समस्या शान्तिपूर्ण ढङ्गले सुल्झाउन सघाउने वचनबद्धता व्यक्त गर्नुभएको र यस क्रममा एक थोपा पनि रक्तपात आवश्यक नभएको बताउनुभएको जनाइएको छ ।
चारैतर्फबाट यसको विरोध भएको र पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको दबाबपछि उहाँले देशमा देखावटी निर्वाचनको प्रणाली बसाल्नुभएको थियो । तर गत डिसेम्बरको राष्ट्रपतीय निर्वाचनमा प्रतिपक्षी दलका उम्मेदवार आडमा ब्यारोको अप्रत्याशित विजयबाट उहाँ तर्सिनुभएको थियो ।
राष्ट्रपति जामेह सन् १९९४ को जुलाई महिनामा भएको रक्तपातपूर्ण सैनिक विद्रोहको माध्यमबाट शक्ति हातमा लिई जबर्जस्ती गाम्बियाको शासन सत्तामा आउनुभएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल