नयाँ दिल्ली, ९ माघ । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा भएको एक रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३२ पुगेको छ । सो दुर्घटनाबाट जीवितै उद्धार गर्नको लागि उद्धारकर्ताहरु रातभरी लागिपरेका छन् ।
आन्ध्र प्रदेश राज्यको दुर्गम जिल्ला भिजिअनागारामा अवस्थित कुनेरु रेलवे स्टेसननजि कै जगदलपुर भुवनेश्वर हिराखन्ड एक्सप्रेस दर्घटनाग्रस्त हुदा कम्तीमा ३२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० भन्दाबढी घाइते भएका अधिकारीले जनाएका छन् । सो रेल भुवनेश्वरतर्फ गइरहेको बताइएको छ ।
स्थानीय समयानुसार शनिबार राति ११ बजे भएको यस दुर्घटना आठ वटा डिब्बा पटरीबाट छुट्टिएर गएको बताइएको छ ।
यस घटनामा मारिने व्यक्तिको सङ्ख्या दुभाग्यवस ३२ पुगेको र घाइते भएका ५० व्यक्तिलाई नजिकैको अस्पतालहरुमा पु¥याइएको पूर्वी तटीय रेलमार्गका प्रवक्ता जे पी मिश्रले एएफपी समाचार समितिलाई बताएका छन् ।
यस घटनामा सामान्य घाइते भएका व्यक्तिहरु उपचारपछि घरफर्किसकेका पनि बताइएको छ । भारतमा दुई महिना आगाडी भएको यस्तै दुर्घटनामा परी १५० व्यक्तिको मृत्यु भएको थियो भने, दुई महिना पछाडि पुनःयो दुर्घटना भएको छ ।
राष्ट्रिय रेलराजमार्गका प्रवक्ता अनिल सक्सेनाका अनुसार सरकारी अकिकारी र सङ्कटकालीन कामदारले जीवितै व्यक्ति उद्धार गर्नको लागि रातभरी लागिपरेका छन् ।
त्यस इलाकामा सक्रिय रहेका माओवादी विद्रोहीहरु सो दुर्घटनामा हात रहेको हो कि भन्ने अनुसन्धारन भइरेहको पनि सक्सेनाले जानकारी दिएका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल