नयाँ दिल्ली, ९ माघ । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा भएको एक रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३२ पुगेको छ । सो दुर्घटनाबाट जीवितै उद्धार गर्नको लागि उद्धारकर्ताहरु रातभरी लागिपरेका छन् ।
आन्ध्र प्रदेश राज्यको दुर्गम जिल्ला भिजिअनागारामा अवस्थित कुनेरु रेलवे स्टेसननजि कै जगदलपुर भुवनेश्वर हिराखन्ड एक्सप्रेस दर्घटनाग्रस्त हुदा कम्तीमा ३२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० भन्दाबढी घाइते भएका अधिकारीले जनाएका छन् । सो रेल भुवनेश्वरतर्फ गइरहेको बताइएको छ ।
स्थानीय समयानुसार शनिबार राति ११ बजे भएको यस दुर्घटना आठ वटा डिब्बा पटरीबाट छुट्टिएर गएको बताइएको छ ।
यस घटनामा मारिने व्यक्तिको सङ्ख्या दुभाग्यवस ३२ पुगेको र घाइते भएका ५० व्यक्तिलाई नजिकैको अस्पतालहरुमा पु¥याइएको पूर्वी तटीय रेलमार्गका प्रवक्ता जे पी मिश्रले एएफपी समाचार समितिलाई बताएका छन् ।
यस घटनामा सामान्य घाइते भएका व्यक्तिहरु उपचारपछि घरफर्किसकेका पनि बताइएको छ । भारतमा दुई महिना आगाडी भएको यस्तै दुर्घटनामा परी १५० व्यक्तिको मृत्यु भएको थियो भने, दुई महिना पछाडि पुनःयो दुर्घटना भएको छ ।
राष्ट्रिय रेलराजमार्गका प्रवक्ता अनिल सक्सेनाका अनुसार सरकारी अकिकारी र सङ्कटकालीन कामदारले जीवितै व्यक्ति उद्धार गर्नको लागि रातभरी लागिपरेका छन् ।
त्यस इलाकामा सक्रिय रहेका माओवादी विद्रोहीहरु सो दुर्घटनामा हात रहेको हो कि भन्ने अनुसन्धारन भइरेहको पनि सक्सेनाले जानकारी दिएका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार