पेसावर (पाकिस्तान), ८ माघ । पाकिस्तानको उत्तरपश्चिमी आदीवासी इलाका प्रायः सिया क्षेत्रको रुपमा रहेको स्थानमा शनिबार भएको बम विस्फोटमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
अफगानिस्तानको सीमा क्षेत्रमा रहेका पराचिनार सहरको कुर्राम आदीवासी इलाकामा रहेको एक तरकारी बजारमा सो बिस्फोटन भएको जनाइएको छ ।
पाकिस्तानी सैनिकले निकालेको एक छोटो वक्तव्यमा यस आक्रमणमा बीस व्यक्ति मारिएका र यस घटनामा घाइते भएकाहरुलाई सैनिक र नागरिक अस्पतालमा लगिएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रांन्तका गभर्नर इक्बाल जफार झाग्राले पाकिस्तानी निजी टेलिभिजन च्यानल जिओलाई दिएको एक अन्तर्वार्तामा यस विस्फोटको पुष्टि गर्नुभएको छ ।
झाग्राका अनुसार यस आक्रमणमा घाइते भएका ४० व्यक्तिहरुमा १२ जनाको अवस्था भने चिन्ताजनक रहेको छ ।
सरकारका वरिष्ठ अधिकारी इक्रामुल्लाह खानले एएफपी समाचार समितिलाई तरकारीको बाकसमा विस्फोटक पदार्थ लुकाएर ल्याएको जानकारी दिनुभएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा