लण्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले संयुक्त अधिराज्यलाई सन् २०१९ मा एउटा “कठिन” ब्रेक्जिट अर्थात युरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमनतर्फ डोहोर्याउँदै छिन् । जनवरी १७ मा भएको एक समारोहमा बोल्दै उनले त्यसक्रममा युरोपेली संघसँग हुने सम्झौता–वार्ताका उद्देश्यहरुमाथि प्रकाश पार्दै देशको आर्थिक हित भन्दा पनि कट्टर ब्रेक्जिट समर्थकका मागहरुलाई प्राथमिकता दिने कुरा स्पष्ट पारिन् ।
प्रधानमन्त्री मेले बेलायतले इयूको एकल बजार र संघीय भन्सार दुवै छोड्ने निर्णय लिनु आश्चर्यको कुरा होइन, किनभने उनलाई अर्थशास्त्रका बारेमा कमै ज्ञान छ, र खासै मतलब पनि छैन । उनको अन्तिम उद्देश्य भनेको प्रधानमन्त्रीको पद जोगाइराख्नु हो ।
यसले एकल बजारमा सदस्यता निरन्तरताको सम्भावनालाई नकार्छ । ब्रेक्जिट समर्थकहरुले अहिलेसम्म स्वतन्त्र हिंडडुलको स्वीकृति र इयूसँगको स्वतन्त्र व्यापारलाई कायम गर्नेबीचको राजनीतिक सम्झौताको सम्भावनालाई अस्विकार गर्दै आइरहेका छन् । यसलाई प्रधानमन्त्री मेले पछिल्लो समयमा असम्भव भनेर स्वीकार गरिसकेकि छिन् ।
आर्थिक दृष्टिकोणले यो संयुक्त अधिराज्यका लागि हार–हारको अवस्था हो । किनभने बाँकी इयूसँगको स्वतन्त्र व्यापारको फाइदा र मिहिनेती तथा कर तिर्ने इयूका आप्रवासीहरुको योगदान दुवैलाई बेलायतले गुमाउने छ । बेलायतस्थित सेवा प्रदायकहरु, विशेषगरी वित्तीय संस्थाहरुले इयू भित्र स्वतन्त्रहरुमा सञ्चालित हुने सुविधान पनि गुमाउनेछन् ।
संघीय भन्सार छोड्नुको प्रभावकाबारेमा मे त्यति इमान्दार भएर प्रस्तुत भइनन् । उनी बेलायतले आफ्नै भन्सारकर लगाएको र विश्व व्यापार संगठनमा अन्य व्यापार प्रतिबद्धताहरु स्थापित गरेको हेर्न चाहन्छिन् ।
यसो भएमा बेलायत र ईयूबीच हुने व्यापारमा भन्सार नियन्त्रण कायम हुनेछ, जसमा उत्तरी आयरलैण्ड र गणतन्त्र आयरलैण्डको सीमापार आदानप्रदान हुने वस्तु र सेवापनि समावेश छ । नयाँ सीमा प्रशासनले भन्सार परिपालन, भन्सार कर, भुत्तानी, मापदण्डहरुको सुनिश्चितता आदि कार्य गर्नुपर्ने हुन्छ । यो खर्चिलो र उत्पादकहरुका लागि जटिल र निरुत्साही हुनजानेछ ।
यसमा स्पष्ट धारणा राख्नुको सट्टा मे संघीय भन्सारमा “सहायक सदस्यता”मार्फत समस्याविहीन व्यापार गर्ने प्रयास गरिरहेकी छिन् । र यो अवस्था उनले बेलायत ईयूको “आधा भित्र र आधा बाहिर” हुन नचाहने भन्ने विचारको विपरित हो । यसमा दुवै विकल्प राजनीतिक रुपमा अकल्पनीय, व्यवस्थापकीय रुपमा असम्भव र विश्व व्यापार संगठनको नियमअन्तगर्त गैरकानुनी हो ।
त्यसैगरी बहिर्गमन प्रक्रिया औपचारिक रुपमा थालनी भएको दुई बर्षभित्र बहिर्गमन सम्झौता र व्यापार सम्झौता दुवै सम्पन्न गरिसक्ने मेको वाचा पनि अव्यवहारिक छ । ईयूले भने भविष्यको सम्बन्धका बारेमा छलफल गर्नुअघि पारापाचुकेको सर्तहरु निर्धारण गर्ने कुरामा जोड दिइरहेको छ ।
सम्झौता राम्रो नभएमा त्यसमा हस्ताक्षर नगर्ने मेको चेतावनी विश्वसनीय हुनसक्छ, किनभने त्यसले निम्त्याउने अस्तव्यस्थताका लागि उनले ईयूमाथि दोषारोपण गर्न सक्नेछिन् । तर त्यस्तो कदमका लागि राजनीतिक समर्थक न्यून हुनेछ र बेलायतको अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुको पनि उल्लङ्घन हुनेछ ।
कठिन ब्रेक्जिटलाई अघि बढाउन मेसँग मतादेश पनि छैन । ईयू छोड्न मत दिएका ५२% मध्ये धेरै बेलायतीहरु एकल बजारमै रहन चाहन्छन्, जसमा संघमै रहन मतदान गर्ने सबैको पनि समर्थन छ । साथै, निर्वाचित जनप्रतिनिधिहरुलाई सरकारको सम्झौता–वार्तामा कुनै भूमिका दिइएको छैन । अन्तिम सम्झौतामा मतदान गर्ने अवसर प्रदान गर्ने मेले वाचा गरे तापनि, त्यो अस्वीकृत भएमा पनि बेलायतले ईयू छाड्नेछ ।
यसबाट प्रजातन्त्रको खिल्ली उडाउने काम हुनेछ । र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध सुरु गर्ने र यूरोपलाई छोडेर रुसतर्फ लाग्ने धम्की दिइरहेको अवस्थामा संयुक्त अधिराज्यका लागि एक्लै यो मार्गमा हिड्नु यो खतरापूर्ण समय हो ।
ब्रेक्जिटले बेलायतलाई गैर–इयू राष्ट्रहरुसँग अझ राम्रो व्यापार सम्झौता गर्न सक्षम बनाउने दावी गरेकी मेले ट्रम्पको अमेरिकासँग चाँडै सम्झौता हुने आशा गरेकी छिन् । तर यस्तो दयनीय अवस्थामा रहेको बेलायतसँग हिलारी क्लिन्टनले नेतृत्व गरेको प्रशासन भएपनि अमेरिकी उद्योगकातर्फबाट कडा सौदाबाजी हुने सम्भावना थियो । उदाहरणका लागि अमेरिकी औषधी उत्पादन कम्पनीहरु आर्थिक मन्दीबाट गुज्रिरहेको संयुक्त अधिराज्यको राष्ट्रिय स्वास्थ्य सेवालाई औषधीका लागि धेरै रकम तिराउन चाहन्छन् ।
ट्रम्प प्रशासनले त्यो भन्दा पनि कडा सौदाबाजी गर्नेछ । चीन र जर्मनी जस्तै बेलायतले पनि अमेरिकाबाट आयात भन्दा बढी निर्यात गर्दछ । त्यस्तो “अनुचित” व्यापार घाटालाई ट्रम्प घृणा गर्छन् र त्यसलाई उन्मूलन गर्ने वाचा गरेका छन् । त्यसैकारण, तपाईं के चाहनुहुन्छ भन्नेबारेमा सावधान हुनुहोस्, प्रधानमन्त्रीज्यू ।
लेग्रेन युरोपेली आयोगका अध्यक्षका लागि पूर्व आर्थिक सल्लाहकार र लण्डन स्कूल अफ इकोनोमिक्स्सँग आवद्ध हुनुहुन्छ ।
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने