बामाको, ५ माघ । उत्तरी माली अवस्थित एक सैनिक शिविर अगाडि बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक र स्थानीय अस्पताल स्रोतले उक्त जानकारी दिएको छ ।
सो शिविर माली उत्तरी प्रमुख सहर गाओमा अवस्थित रहेको जनाएको छ । सन् २०१५ मा फ्रान्सको नेतृत्वमा अरू राष्ट्रहरुको पनि आवद्धतामा विद्रोही समूह र सरकारबीच शान्ति सम्झौता भएको थियो ।
मालीका विद्रोही र इस्लामिक लडाकूहरुले सन् २०१२ बाट देशको उत्तरी भागको ठूलो इलाका कब्जा गर्दै आएका छन् । यस क्षेत्रको ठूलो इलाकामा अझै पनि जिहादी समुहको बलियो पकड रहेको छ ।
यस भीषण आक्रमणमा ८० व्यक्तिको मृत्यु भएको र तर अझै पनि यस घटनाको विस्तृत विवरण भने अझै प्राप्त नभएको गाओमा स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार