वासिङ्टन डिसी, २ माघ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ भनेर गम्भीर रुपमा सोच्न आग्रह गर्नुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ अमेरिकाको पाँचौँ साधारणसभालाई शनिबार अमेरिकाको टेक्सास, डालासमा सम्बोधन गर्दै मन्त्री डा महतले नेपाल नयाँ संविधानको कार्यान्वयनमार्फत अब आर्थिक विकासको एजेन्डामा अघि बढ्न लागेकाले यो अभियानलाई सघाई समृद्ध नेपाल निर्माण गर्न विश्वका कुना काप्चामा रहेका नेपालीको भूमिका अहम् हुने धारणा राख्नुभएको मन्त्री महतका प्रेस संयोजक एकराज पाठकले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।
विगतमा द्वन्द्वलगायतका विभिन्न कारणले आर्थिक विकासका क्षेत्रमा पछि परेको नेपाललाई अब आर्थिक रुपमा अघि बढाउन सबै नेपाली एकसाथ र एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री डा महतले यो अभियानमा गैरआवासीय नेपालीको साथ र सहयोग महत्वपूर्ण छ भन्नुभयो ।
नेपालमा विगतमा जस्तै लगानीको वातावरण छैन भन्ने गरिएको तर त्यसमा सत्यता नरहेको बताउँदै मन्त्री डा महतले नेपालमा अब विदेशीहरु पनि लगानीका लागि आइरहेको र गैरआवासीय नेपाली पनि विकास अभियानमा आउनुपर्ने बताउनुभयो ।
हिजोआज नेपालमा राष्ट्रियताको विषयलाई अनावश्यक रुपमा उचालिएको र वर्तमान सरकारको विदेश नीति कहिले कता त कहिले कता ढल्किएको भन्ने गरिएकोतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो – “नेपालको परराष्ट्र नीति कतै ढल्किएको छैन, नेपालतर्फमात्र ढल्किएको छ ।
उक्त बैठकमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा केशव पौडेलले उक्त सङ्घका क्रियाकलापबारे चर्चा गर्नुभएको थियो ।
साधारणसभामा अमेरिकाका विभिन्न १७ वटा च्याप्टर तथा उत्तर अमेरिका, क्यानाडालगायतबाट करिब ५०० जना एनआरएनएका सदस्यको सहभागिता रहेको छ ।
संयुक्त राज्य अमेरिका एनआरएनएको सबैभन्दा बढी सदस्य रहेको देश हो । यहाँ १० हजारभन्दा बढी सदस्य रहेका छन् । हाल अमेरिकामा कम्तीमा पनि तीन लाख नेपाली रहेका छन् ।
एक अनौपचारिक तथ्याङ्कअनुसार हाल अमेरिकामा नेपाली समुदायले मात्र कम्तीमा एक खर्ब आर्थिक लगानी गरेका छन् । टेक्सास राज्यमा मात्र एक हजारभन्दा बढी नेपालीको व्यवसाय रहेको छ ।
अमेरिकामा रहेका नेपालीले यहाँ ग्यास स्टेसन, सूचना प्रविधि, स्टोर, ब्युटिपार्लरलगायतका क्षेत्रमा लगानी गरेका छन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश