जेरुसलम, २९ पुस । पेरिसमा जम्मा भएका मध्यपूर्वका नेताहरुले इजरायल र प्यालेष्टिनी समूहबीच शान्ति स्थापना गर्न आपसी समाधान नै निर्विकल्प उपाय रहने सन्देश अमेरिकी ट्रम्प प्रशासनलाई दिने अपेक्षा गरिएको छ ।
इजरायल–प्यालेष्टिनी विवाद विषयमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र इजरायललाई मध्यपूर्वको सन्देश आपसी समाधान भन्न निचोडका साथ फ्रान्सको आयोजनामा पेरिसमा जम्मा भएका मध्यपूर्व शान्ति सम्मेलनमा करिव ७० देशले सहभागिता जनाउदै जारी छ ।
अमेरिकी समाचार संस्था (एपी) लाई शुक्रबार प्राप्त मस्यौता वक्तव्यमा जनाइए अनुसार सम्मेलनले इजरायल र प्यालेष्टिनी प्रशासनलाई मध्यपूर्व शान्तिका लागि आपसी द्वन्द्वलाई दुई देशीय प्रंयासमा समाधान गर्ने औपचारिक प्रतिवद्धता जनाउन अनुरोध गरिएको छ ।
इजरायलले विवादित वेस्ट बैंक र पूर्वी जेरुसेलममा करिव छ लाख इजरायली नागरिकलाई बसालेको छ जुन भूमि प्यालेष्टिनी प्रशासनले आफ्नो भनी दावीगर्दै आएको छ ।
सम्मेलनमा प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अव्वास तथा इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहु दुवै सहभागी हुनुभएको छैन ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार