नयाँ दिल्ली, २९ पुस । सस्तो दरमा हवाइ टिकट बिक्री गरी यात्रुसेवा प्रदान गर्न नाम कहलिएको, निजी क्षेत्रको भारतीय विमान सेवा कम्पनी स्पाइसजेट एयरलाइन्सले अमेरिकी जेट विमान उत्पादक बोइङ कम्पनीसँग आगामी १० वर्षभित्र २२ अर्ब अमेरिकी डलर मूल्यपर्ने विशालकाय र मध्यमकाय (वाइड बडी एन्ड मिडल बडी) का दुई सय पाँचवटा अत्याधुनिक (नेक्स्ट जेनेरेसन) जेट बिमान खरीद गर्ने एक ठूलो सम्झौतामा हस्ताक्षर गरेको छ ।
खरिद गरिने यी विमानहरु भारतीय आन्तरिक तथा वैदेशिक हवाइ सेवा बिस्तारमा लगाइने स्पाइसजेटको योजना रहेको पनि बताइएको छ । स्पाइसजेट तथा बोइङ कम्पनी दुवैद्वारा आज प्रकाशित एक संयुक्त विज्ञप्तिमा सन् २०१६ को अन्त्यतिर बुकिङ गरिएका विमानहरुमध्ये प्रथम चरणमा एकसय वटा बोइङ–७३७ म्याक्स–८, ४२ वटा बोइङ–म्याक्स, १३ वटा बोइङ–७३७ म्याक्सको निर्माण गरी डेलिभरी गरिने उल्लेख गरिएको छ ।
त्यस्तै, द्वितीय चरणमा थप ५० वटा विमान निर्माण गरी डेलिभरी गरिने छ । यी सबै विमान निर्माण तथा उत्पादन गरी सन् २०२७ सम्म डेलिभरी गरिसक्ने समेत सो विज्ञप्तिमा जनाइएको छ ।
भारतमा हवाई यात्रु ओसारपसार र कार्गो ढुवानी सेवा प्रदायक ठूला कम्पनीहरुको सूचीमा स्पाइसजेट चौँथो स्थानमा रहेको छ ।
त्यसैगरी भारतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ यातायात सेवा क्षेत्रमा यस कम्पनीले लगभग १३ प्रतिशत बजार अंश (मार्केट सेयर) ओगटेको छ । साथै भारतको आन्तरिक सहर र वैदेशिकसमेत गरी ४१ गन्तव्यमा सेवा पुरयाई दैनिक तीन सयभन्दा बढी उडान सञ्चालन गर्दै आएको छ ।
बोइङ–७३७ मोडेलको विमानहरुले हाम्रो स्थापनाकाल सन् २००५ देखि नै मेरुदण्डको रुपमा धान्दै आइरहेका छन् । उच्च विश्वसनीयता तथा समयनिष्ठता (हाइ रिलाएबिलिटी एन्ड पङ्चुयालिटी), उडानभर उच्च आरामदायीता, इन्धन, मर्मत, सम्भारलगायतका खर्चमा ज्यादै न्यूनताका कारण हामीले बोइङ जेट विमान खरिदमा प्राथमिकता दिएका हौूँ स्पाइसजेट विमान सेवाका अध्यक्ष र महाप्रबन्धक र अजय सिंहको भनाइ थियो ।
त्यसैगरी विमान उत्पादक दि बोइङ कम्पनी, सियाटलका उच्च अधिकारी रे कोनरले हाम्रो उत्पादन बोइङ–७३७ म्याक्सको उपयोगबाट स्पाइसजेटले भारतमा त पक्कै र भारत बाहिर पनि पहिलो दर्जाको विमान सेवाको इज्जत आर्जन गर्नसक्ने बताए ।
भारतमा द्रुत गतिमा उकालो लाग्दै गएको समग्र राष्ट्रिय अर्थतन्त्र, आम जनताको मौलाउँदै गएको क्रयशक्ति र तीब्र गतिमा बढ्दै गइरहेको उच्च मध्यवर्गीय परिवार सङ्ख्याका कारण विश्वका अन्य मुलुकहरुको तुलनामा हवाई यात्रुसङ्ख्या वृद्धि दर पनि तीब्र गतिमा बढ्दै गइरहेको पाइन्छ ।
गतः वर्ष हवाई यात्रुसङ्ख्या वृद्धिदर २० प्रतिशत थियो । भारतमा हवाइ सेवा सञ्चालन गर्ने एयर लाइन्सहरुमध्ये कुनै न कुनैले लगभग प्रत्येक हप्ता नयाँ नयाँ गन्तव्यको सुरुवात गर्ने घोषणा गरिरहेका पाइन्छन् ।
त्यसैगरी, आन्तरिक हवाई यात्रु सङ्ख्या हाल सात करोड रहेकामा यात्रु वृद्धिको दिशातर्फ यो सङ्ख्याले छलाङ्ग मारी सन् २०२२ को अन्त्यसम्ममा ३० करोड र सन् २०२७ को अन्त्यसम्ममा ५० करोडसम्म पुग्ने वलिष्ठ प्रक्षेपण गरिएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल