
बेलग्रेड, सर्बियाको एउटा खाली वेयरहाउस अगाडि खानाको लाइनमा बस्दै आप्रवासी । हिमपात र चिसो मौसमका कारण उनीहरुको जीवन कष्टकर भएको छ । तस्विरः एपी
बुखारेस्ट (रोमानिया), २७ पुस । पूर्वी युरोपभरी ठूलो परिमाणमा हिमपात हुँदा त्यहाँका बासिन्दाको दैनिक जीवन कष्टकर हुँदै गइरहेको जनाइएको छ । मुठ्ठीजस्तो बाक्लो कम्बल ओछ्याए सरहको हिमपातले अनगिन्ती कष्टहरू उपरीमाथि थुपरी लागेर आइरहेका छन् ।
अति कठ्याङ्ग्रिनु पर्ने गरी बढेको ठण्डीका कारण बस, रेलजस्ता साधनहरू ठप्प भै दिनाले यात्रामा ज्यादै कठिनाइ र बिलम्ब, ठाउँ ठाउँमा बिद्युत आपूर्ति बन्द, शून्य डिग्रीभन्दा धेरै तलको तापक्रमले हजारौँ मानिसलाई तहस नहस र चिन्तित तुल्याएको छ ।
यस वर्षको कडा ठण्डी युरोप भर फैलिँदा कम्तीमा ६५ जनाको ज्यान लिइसकेको छ । आज मात्र कडा ठण्डी कै कारण पोल्यान्डमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।
त्यस्तै आज बिहानैदेखि रोमानियामा सुरु भएको हिमपात, खपिनसक्नुको जाडो र चीसो हावाका कारण १३० गन्तव्यतर्फ जाने सडक यातायात ठप्प भएका छन् भने रेलहरू राम्ररी चल्न नसक्दा सबैतिर ज्यादै बिलम्ब भएको छ ।
शीघ्र यातायात सेवा (कम्म्युटर), मध्यम तथा लामो दूरीका हजारौँ बस तथा मिनीबसहरू यातायात सञ्चालन गर्न नसकी सुरुङ्गमार्ग (सब–वे) मा आश्रय लिई रोकिरहन बाध्य छन् । सडकभरी तथा यत्रतत्र हिउँ जमेकाले हिमक्रिडा (स्की) का अनगिन्ती सौखिनहरू कतैकतै बडो रमाएर खेलिरहेका पनि देखिन्छन् ।
त्यस्तै, सर्बियामा पनि कठ्याङ्ग्रिने ठण्डीले छ जनाको ज्यान लिएको छ । त्यहाँका सरकारी अधिकारीहरूले भारी हिमपात भइरहेका क्षेत्रका बस्तीबाट १३० जनालाई उद्धार गरी अन्तै लगेका छन् ।
बाटोघाटोको हिउँमा फसेका यात्रुहरूको उद्धार गर्न बिशेष प्रकारका दर्जनौँ गाडी परिचालन गरिएको छ । हिमपातबाट नराम्ररी प्रभावित रोमानिया र सर्बियाका सबै स्थानका विद्यालय अनिश्चित कालका लागि बन्दसमेत गरिएका छन् ।
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो