टोरोन्टो । क्यानाडाकै पुरानो नेपाली संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी) मा नयां नेतृत्व चयन भएको छ । गत ८ जनवरी, शनिबार मिसिसागामा सम्पन्न संस्थाको २३ औं वार्षिकोत्सव तथा साधारणसभाले ढुण्डीराज खनालको अध्यक्षतामा ११ सदस्सीय कार्य समिति चयन गरेको हो ।
नयां कार्यसमितिको उपाध्यक्षमा नेत्र (दिनेश) खतिवडा, महासचिवमा लिलानाथ पाण्डे, सचिवमा विमला सापकोटा र कोषाध्यक्षमा किशोरबाबु ढकाल चयन भएका छन् । त्यसैगरि, कार्यसमिति सदस्यहरुमा सन्त राजभण्डारी, बाबुराम लामिछाने, ऋषिराम गैरे, गोविन्द सिवाकोटी, कुन्दन घिमिरे र धन बहादुर फगामी चुनिएको संस्थाले जनाएको छ ।
लामो छलफलपछि १० पदमा सर्वसम्मत भएपनि उपाध्यक्षका लागि चारजनाको उम्मेदवारी परेपछि निर्वाचनबाट नेत्र (दिनेश) खतिवडा विजयी भए ।
निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन आयुक्त अधिवक्ता अतुल सुवेदीले शपथ ग्रहण गराएका थिए ।
क्यानडाका लागि नेपाली कन्सुलेट जनरल डा. कुन्जर शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट नेपाली समुदायका लागि सहयोग गर्ने व्यक्ति र संघसंस्थालाई एनसीएनसीका संस्थापक अध्यक्ष किरण ढुंगाना, एनआरएनए क्यानडाका अध्यक्ष तुल्सी सापकोटा र एनसीएनसीका निवर्तमान अध्यक्ष गोपीकृष्ण काफ्लेले प्रमाणपत्र, सिल्ड र ट्रफीले सम्मान गरे ।
कार्यक्रममा क्यानाडास्थित नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उत्साहजनक उपस्थिति थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार