टोरोन्टो । क्यानाडाकै पुरानो नेपाली संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी) मा नयां नेतृत्व चयन भएको छ । गत ८ जनवरी, शनिबार मिसिसागामा सम्पन्न संस्थाको २३ औं वार्षिकोत्सव तथा साधारणसभाले ढुण्डीराज खनालको अध्यक्षतामा ११ सदस्सीय कार्य समिति चयन गरेको हो ।
नयां कार्यसमितिको उपाध्यक्षमा नेत्र (दिनेश) खतिवडा, महासचिवमा लिलानाथ पाण्डे, सचिवमा विमला सापकोटा र कोषाध्यक्षमा किशोरबाबु ढकाल चयन भएका छन् । त्यसैगरि, कार्यसमिति सदस्यहरुमा सन्त राजभण्डारी, बाबुराम लामिछाने, ऋषिराम गैरे, गोविन्द सिवाकोटी, कुन्दन घिमिरे र धन बहादुर फगामी चुनिएको संस्थाले जनाएको छ ।
लामो छलफलपछि १० पदमा सर्वसम्मत भएपनि उपाध्यक्षका लागि चारजनाको उम्मेदवारी परेपछि निर्वाचनबाट नेत्र (दिनेश) खतिवडा विजयी भए ।
निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन आयुक्त अधिवक्ता अतुल सुवेदीले शपथ ग्रहण गराएका थिए ।
क्यानडाका लागि नेपाली कन्सुलेट जनरल डा. कुन्जर शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट नेपाली समुदायका लागि सहयोग गर्ने व्यक्ति र संघसंस्थालाई एनसीएनसीका संस्थापक अध्यक्ष किरण ढुंगाना, एनआरएनए क्यानडाका अध्यक्ष तुल्सी सापकोटा र एनसीएनसीका निवर्तमान अध्यक्ष गोपीकृष्ण काफ्लेले प्रमाणपत्र, सिल्ड र ट्रफीले सम्मान गरे ।
कार्यक्रममा क्यानाडास्थित नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उत्साहजनक उपस्थिति थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल