थाइल्याण्ड, २३ पुस । थाइल्याण्डको दक्षिणी दशवटा प्रान्तमा एक सातादेखि निरन्तर परेको विशाल वर्षाका कारण बाढी आउँदा शनिबारसम्म कम्तीमा १८ जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।
वर्षाका कारण कतिपय क्षेत्र आशिक डुबानमा परेपछि करिब दश लाख मानिस प्रभावित बनेका छन् भने विगत केही दिनमा १८ जनाको मृत्यु भइसकेको, थाई गृहमन्त्रालयले जनाएको छ । वर्षाका कारण एक हजार ५०० भन्दा बढी विद्यालयका भवनमा क्षति पुगेको छ भने त्यस क्षेत्रमा पठनपाठन अवरुद्ध हुनाका साथै सामान्य जनजीवन प्रभावित भएको छ ।
थाइल्याण्डको मौसम विभागले आगामी दुई दिनसम्म वर्षा भइरहने बताउँदै प्रभावित क्षेत्रका मानिसलाई बाढीबाट थप सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आगामी सोमबारदेखि मौसममा सुधार आउने जनाएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल