
वारसा (पोल्याण्ड), २३ पुस । सन् २०१६ मा मुख्य दुई सामुद्रिक बाटो युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको युरोपियन युनियनको सीमा मामिला अध्ययन गर्ने निकाय फ्रन्टेक्सले जनाएको छ ।
सन् २०१६ मा सो बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थी सङ्ख्या तीन लाख ६४ हजारमा झरेको फ्रन्टेक्सले जनाएको हो ।
इयुले टर्कीसँग सन् २०१६को मार्चमा गरेको आप्रवासीलाई युरोप प्रवेश नियन्त्रणसम्बन्धी सहमतिपश्चात् सिरियाली आप्रवासी शरणार्थीको ग्रीसलगायतका युरोपेली मुलुकमा प्रवेश गर्ने रफ्तारमा कमी आएको फ्रन्टेक्सले बताएको छ ।
प्रारम्भिक चरणमा भएका अध्ययनअनुसार सन् २०१६ मा ग्रीसको पूर्वी ऐजन क्षेत्रमा पुग्ने शरणार्थी सङ्ख्यामा ७९ प्रतिशत अर्थात् एक लाख ८२ हजार ५०० ले घटेको फ्रन्टेक्सको अध्ययन प्रतिवेदनमा छ ।
सोही समयमा इटालीको बाटो युरोप प्रवेश गर्ने शरणार्थी सङ्ख्यामा केही वृद्धि देखिए पनि सन् २०१५ को तुलनामा दुवै नाकाबाट प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी कमी आएको देखिएको छ । फ्रन्टेक्सले सन् २०१६ मा इटालीको बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थी सङ्ख्या एक लाख ८१ हजार पुगेको र यो सन् २०१५ को तुलनामा २० प्रतिशतले बढी भएको जनाएको छ । यस वृद्धिमा टर्की भएर ग्रीसको बाटो युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थीको नियन्त्रणले असर पारेको अध्ययनमा जनाइएको छ ।
दोस्रो विश्वयुद्धपछि सन् २०१४ र सन् २०१५ ताका द्वन्द्वग्रस्त सिरिया, यमन, अफगानिस्तानलगायतका मुलुकबाट गरिबी र द्वन्द्वबाट बचाउनका लागि युरोप तथा अमेरिका प्रवेश गर्ने आप्रवासी सङ्ख्याका कारण इयुमा नराम्रोसँग आप्रवासी शरणार्थी समस्या देखिए पनि पछिल्लो समय यसमा नियन्त्रण देखिएको हो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल