
लन्डन । नेपाली चलचित्र ‘बाटो मुनिको फूल २’ बेलायतमा पनि प्रदर्शन हुने भएको छ । केही महिना अगाडि नेपालमा प्रदर्शन भएर दर्शक मन जित्न सफल उक्त चलचित्र यही शनिबार ७ जनवरीका दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गर्न लागिएको हो । सिता शेरचन र यम शेरचनको सहकार्यमा जेन मार्सल आर्टस्, अल्डरसटले च्यारिटी शो गर्न लागेको आयोजकले जनाएका छन् ।
नेपाली समाजमा आजसम्म पनि उन्मुलन हुन नसकेको विद्यमान जातीय विभेद चलचित्रमा छ । उपल्लो वर्ग र तल्लो वर्गको भनेर जातको नाममा समाजबाट अपहेलित हुनुपरेको यथार्थसहित साघुंरो मानसिकताबाट ग्रस्त समाजको तीतो वास्तविकतालाई यस चलचित्रमा देखाउन खोजिएको छ ।
यो ‘बाटो मुनिको फूल’ को सिक्वेल चलचित्र हो जसमा दिलीप रायमाझी, यश कुमार, बाबु बोगटी, रिचा शर्मा, रिमा विश्वकर्मा, अशिष्मा नकर्मी, अर्पन थापा लगायत भिम न्यैपानेको बेजोड अभिनय छ ।
विदेशी फिल्मको कत्ति गन्ध नआउने नेपाली सामाजिक फिल्म ‘बाटो मुनिको फूल २’ ले विशेष गरी सबै वर्गका दर्शक आकर्षित गरेको छ । प्रेम, मिलन, विछोड, पारिवारिक मनोरन्जन, सामाजिक द्वन्द्व अनि राजनीति जस्ता विषय उठान गरेको उक्त चलचित्रले नेपालमा सबै दर्शकको मन जित्न सफल भएको निर्माण पक्षको दावी छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा