
लन्डन । नेपाली चलचित्र ‘बाटो मुनिको फूल २’ बेलायतमा पनि प्रदर्शन हुने भएको छ । केही महिना अगाडि नेपालमा प्रदर्शन भएर दर्शक मन जित्न सफल उक्त चलचित्र यही शनिबार ७ जनवरीका दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गर्न लागिएको हो । सिता शेरचन र यम शेरचनको सहकार्यमा जेन मार्सल आर्टस्, अल्डरसटले च्यारिटी शो गर्न लागेको आयोजकले जनाएका छन् ।
नेपाली समाजमा आजसम्म पनि उन्मुलन हुन नसकेको विद्यमान जातीय विभेद चलचित्रमा छ । उपल्लो वर्ग र तल्लो वर्गको भनेर जातको नाममा समाजबाट अपहेलित हुनुपरेको यथार्थसहित साघुंरो मानसिकताबाट ग्रस्त समाजको तीतो वास्तविकतालाई यस चलचित्रमा देखाउन खोजिएको छ ।
यो ‘बाटो मुनिको फूल’ को सिक्वेल चलचित्र हो जसमा दिलीप रायमाझी, यश कुमार, बाबु बोगटी, रिचा शर्मा, रिमा विश्वकर्मा, अशिष्मा नकर्मी, अर्पन थापा लगायत भिम न्यैपानेको बेजोड अभिनय छ ।
विदेशी फिल्मको कत्ति गन्ध नआउने नेपाली सामाजिक फिल्म ‘बाटो मुनिको फूल २’ ले विशेष गरी सबै वर्गका दर्शक आकर्षित गरेको छ । प्रेम, मिलन, विछोड, पारिवारिक मनोरन्जन, सामाजिक द्वन्द्व अनि राजनीति जस्ता विषय उठान गरेको उक्त चलचित्रले नेपालमा सबै दर्शकको मन जित्न सफल भएको निर्माण पक्षको दावी छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ