किडापवन (फिलिपिन्स), २१ पुस । फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी जेलका १५८ कैदीलाई भगाएका २४ जनालाई पुनः नियन्त्रणमा लिइएको फिलिपिनी अधिकारीले बताएका छन् ।
बुधबार फिलिपिन्सको एक मुसलमान समूहले जेलमा आक्रमण गरी एक अज्ञात समूहले जेलका १५८ कैदीलाई भगाएको फिलिपिनी अधिकारीले बताएका छन् ।
सुरक्षाकर्मीले घटनामा फिलिपिन्सको इस्लामिक स्टेट (आइएस) समूहसँग आवद्ध रहेको मुसलमान विद्रोहीको हात रहेको हुनसक्ने बताएको छ ।
राति ०१ बजेको समयमा करिव १०० जना सशस्त्र लडाकूले जेलमा एक्कासी आक्रमण गरेपछि दुई घन्टासम्म गोली हानाहान चलेको र केही कैदी विद्रोहीसहित १५८ जना अन्य कैदीलाई उनीहरुले भगाएको जेल प्रशासनले जनाएको छ ।
जेलमा एक हजार ५११ जना कैदी रहेकोमा बाँकी कैदी भने भाग्न अस्वीकार गरेका थिए ।
घटनामा एकजना जेलका गार्ड र छ जना विद्रोहीको मृत्यु भएको थियो ।
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह