किडापवन (फिलिपिन्स), २१ पुस । फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी जेलका १५८ कैदीलाई भगाएका २४ जनालाई पुनः नियन्त्रणमा लिइएको फिलिपिनी अधिकारीले बताएका छन् ।
बुधबार फिलिपिन्सको एक मुसलमान समूहले जेलमा आक्रमण गरी एक अज्ञात समूहले जेलका १५८ कैदीलाई भगाएको फिलिपिनी अधिकारीले बताएका छन् ।
सुरक्षाकर्मीले घटनामा फिलिपिन्सको इस्लामिक स्टेट (आइएस) समूहसँग आवद्ध रहेको मुसलमान विद्रोहीको हात रहेको हुनसक्ने बताएको छ ।
राति ०१ बजेको समयमा करिव १०० जना सशस्त्र लडाकूले जेलमा एक्कासी आक्रमण गरेपछि दुई घन्टासम्म गोली हानाहान चलेको र केही कैदी विद्रोहीसहित १५८ जना अन्य कैदीलाई उनीहरुले भगाएको जेल प्रशासनले जनाएको छ ।
जेलमा एक हजार ५११ जना कैदी रहेकोमा बाँकी कैदी भने भाग्न अस्वीकार गरेका थिए ।
घटनामा एकजना जेलका गार्ड र छ जना विद्रोहीको मृत्यु भएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल