नयाँ दिल्ली, २० पुस । भारतमा बुधबार नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुभएको छ । बुधबार नियुक्त हुनुभएका नयाँ प्रधानन्यायाधीश जगदिश सिंह खहर यहाँको शिख सम्प्रदायको पहिलो प्रधानन्यायाधीश हुनुभएको बताइएको छ ।
सो कुराको जानकारी भारतीय सञ्चारमाध्यमले बुधबार दिएका छन् । ती सञ्चारले खहरलाई भारतको शिख सम्प्रदायको पहिलो प्रधानन्यायाधीश भनी प्रचार गरेका छन् ।
उहाँ भारतको ४४ औँ प्रधानन्यायाधीश हो । उहाँले सो पदको पद तथा गोपनीयताको सपथ बुधबारमात्र लिनुभएको नयाँ दिल्लीबाट सञ्चारमाध्यमहरुले आज जानकारी दिएका छन् ।
भारतीय राजधानी नयाँ दिल्लीमा अवस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको एक विशेष समारोहमा यहाँका राष्ट्रपति प्रणव मुखर्जीबाट उहाँले सपथ लिनुभएको हो ।
भारतीय प्रधानन्याधीश तीर्थसिंह ठाकुर मङ्गलबार सेवानिवृत्त भएपछि उहाँलाई बुधबार यस पदमा नियुक्त गरिएको हो ।
नवनियुक्त प्रधानन्यायाधीश खहरको कार्यकाल सात महिनाको मात्र रहेको छ । उहाँ ६४ वर्षका हुनुहुन्छ ।
भारतीय संविधानअनुसार प्रधानन्यायाधीश देशको न्यायपालिकाका प्रमुख हुन्छ । साथै देशको सर्वाेच्च अदालतको पनि प्रमुख प्रधानन्यायाधीश नै हुने संवैधानिक प्रावधान छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई