नयाँ दिल्ली, २० पुस । भारतमा बुधबार नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुभएको छ । बुधबार नियुक्त हुनुभएका नयाँ प्रधानन्यायाधीश जगदिश सिंह खहर यहाँको शिख सम्प्रदायको पहिलो प्रधानन्यायाधीश हुनुभएको बताइएको छ ।
सो कुराको जानकारी भारतीय सञ्चारमाध्यमले बुधबार दिएका छन् । ती सञ्चारले खहरलाई भारतको शिख सम्प्रदायको पहिलो प्रधानन्यायाधीश भनी प्रचार गरेका छन् ।
उहाँ भारतको ४४ औँ प्रधानन्यायाधीश हो । उहाँले सो पदको पद तथा गोपनीयताको सपथ बुधबारमात्र लिनुभएको नयाँ दिल्लीबाट सञ्चारमाध्यमहरुले आज जानकारी दिएका छन् ।
भारतीय राजधानी नयाँ दिल्लीमा अवस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको एक विशेष समारोहमा यहाँका राष्ट्रपति प्रणव मुखर्जीबाट उहाँले सपथ लिनुभएको हो ।
भारतीय प्रधानन्याधीश तीर्थसिंह ठाकुर मङ्गलबार सेवानिवृत्त भएपछि उहाँलाई बुधबार यस पदमा नियुक्त गरिएको हो ।
नवनियुक्त प्रधानन्यायाधीश खहरको कार्यकाल सात महिनाको मात्र रहेको छ । उहाँ ६४ वर्षका हुनुहुन्छ ।
भारतीय संविधानअनुसार प्रधानन्यायाधीश देशको न्यायपालिकाका प्रमुख हुन्छ । साथै देशको सर्वाेच्च अदालतको पनि प्रमुख प्रधानन्यायाधीश नै हुने संवैधानिक प्रावधान छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने