अङ्करा (टर्की), २० पुस । इश्तानवुलको रेइना रात्रिक्वलमा ३९ जनाको ज्यान लिने आक्रमणकारी पत्ता लागेको र यस विषयमा थप अनुसन्धान जारी रहेको टर्कीका विदेश मन्त्री मेभलट कोभुसोग्लुले बुधबार बताउनुभएको छ ।
आक्रमणकारी र घटनाका अन्य विषय विस्तृत जानकारी लिने क्रम जारी रहेको विदेशमन्त्रीलाई उदृत गर्दै अनादोलु न्यून एजेन्सीले बताएको छ ।
यसैबीच डोगान न्यूज एजेन्सीले पनि टर्की प्रशासनले जनवरी १ को रात्रिकालिन क्लव आक्रमणका आरोपित २७ जनालाई इजमिरको ऐजन प्रान्तबाट सुरक्षा नियन्त्रणमा लिएका जनाएको छ ।
प्रहरीले घटनामा सम्लग्न तीन परिवारका अधिकांश सदस्य सहित २७ जनालाई हिरासतमा लिई छानविन सुरु गरिएको डोगान न्यूज एजेन्सीलाई जनाएको बताएको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
फैलिँदै इरान–इजरायल युद्ध
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध