बग्दाद, १९ पुस । सन् २०१६ मा इराकमा भएका हिंसाहरुमा परी कम्ती छ हजार ८७८ सर्वसधारणको ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घले हालै जानकारी दिएको छ ।
इराकको लागि संयुक्त राष्ट्र सङ्घको सहयोग मिसन (युएनएएमआइ)ले जारी गरेको एक विज्ञप्तिका अनुसार सन् २०१६ मा भएका यस हिंसाहरुमा परी १२ हजार ३८८ सर्वसाधारण घाइते भएका थिए ।
तर गत मे, जुलाई, अगस्त र डिसेम्बरमा इराकको पश्चिमी प्रान्त अन्बार भएका मानवीय हताहतसम्बन्धि घटना भने यस तथ्याङ्कमा समावेश नगरिएको युएनएएमआइले थप जानकारी दिएको छ ।
युएनएएमआइका अनुसार सन् २०१५ मा इराकभरी भएका घटनाहरुका सात हजार ५१५ व्यक्तिको मृत्यु भएको थियो ।
सन् २०१७ को सुरुवातसँगै इराकमा पुनःहिंसा सुरु भइसकेको छ । इराकको राजधानी बग्दादको छिमेकमा पर्ने अत्याधिक जनघनत्व भएको एक इलाकामा गत सोमबार भएको एक कार बम विस्फोटमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६९ व्यक्ति घाइते भएका छन् ।
सो आक्रमणमा मारिए प्रायःव्यक्ति सदर सरहको विभाजन रेखामा कामको लागि फर्खिरहेका श्रमिक परेका जानकारी दिइएको थियो ।
त्यसैगरी सन् २०१७ सुरु हुनुभन्दा अगाडिको् पूर्वसन्ध्यामा नै भएका दुई विस्फोटनमा परी पनि २७ व्यक्तिको मृत्यु भएको थियो । यस आक्रमणहरुको आइएसले नै दाबी गरेका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार