रियो डि जानेरो, १९ पुस । ब्राजिलको सबैभन्दा ठूलो उत्तरी शहर मनाअसमा रहेको एक कारागारमा कैदीहरुबीच झडप हुंदा ६० जनाको मृत्यु भएको छ ।
एउटै कारागारमा भएका दुई ओटा छुट्टाछुट्टै झडपमध्ये एउटामा ५६ र अर्कोमा चार जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार बताएका छन् ।
अनिसियो जोबिम नामक जेलमा आइतबार सुरु भएको झडप झण्डै १७ घण्टा सम्म चलेको थियो । जेलमा झण्डै १८४ जना कैदीहरुलाई राखिएको थियो ।
झडपको क्रममा जेलबाट भागेका ८४ जनालाई पुनः नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । जेलमा मृतक कैदीहरुको शव यत्रतत्र छरिएका थिए ।
एमाजोनास राज्यमा रहेको सो कारागारमा झडप भएपनि उनीहरुलाई अन्यत्र सार्नका लागि कारागारको खोजी भईरहेको छ ।
अधिकारीहरुले कारागारलाई आफ्नो नियन्त्रणमा लिनका लागि जेलभित्र र बाहिर रहेका बन्दीका दुई प्रतिद्वन्द्वी गिरोह लड्दै आएको जनाएका छन् ।
एमाजोनास राज्यका सुरक्षा प्रमुख सेर्जियो फोन्टेका अनुसार लामो समयको तयारीपछि यो झडप भएको जस्तो देखिएको बताउनुभयो ।
कारागारमा भएको यो झडप वर्षौ यता ब्राजिलको बन्दी गृहभित्र भएको सबैभन्दा खराब हिंसामध्ये एक भएको बताइएको छ ।
ब्राजिलका सबैभन्दा ठूला दुई लागू औषधका गिरोहले जेललाई आफ्नो नियन्त्रणमा राख्नका लागि त्यहाँ लडाइँ गर्दै आएका थिए ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने