राष्ट्रसङ्घ (अमेरिका), १७ पुस । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार राष्ट्रसङ्घ प्रमुखका रुपमा जिम्मेवारी सम्हालेपछि नयाँ वर्षको विशेष अवसरमा दिनुभएको शुभकामना सन्देशमा सन् २०१७ लाई सर्व प्रथम शान्ति स्थापनाको बनाउनु आफ्नो प्राथमिकता रहने बताउनुभएको छ ।
पोर्चुगलका पूर्व प्रधानमन्त्रीको रुपमा अनुभव लिएका गुटेर्रेसले सिरियाको राजनीतिक सङ्कट समाधान गर्ने, दक्षिण सुडान, यमन, बुरुन्डी, उत्तर कोरिया र विश्वका अन्य समस्या समाधान गर्ने जिम्मेवारीसहित निवर्तमान राष्ट्रसङ्घ प्रमुख बान कि मुनबाट आइतबारदेखि नै राष्ट्रसङ्घ प्रमुखको जिम्मेवारी लिनुभएको हो ।
सन्देशमा राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले द्वन्द्वमा फसेका करोडौँ जनतालाई कसरी शान्ति प्रक्रियामा ल्याउने भन्ने नै आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।
गुटेर्रेसले भन्नुभएको छ, “कतिपय मुलुकमा द्वन्द्वका कारण सर्वसाधारण तड्पिरहेका छन् । महिला, बालबालिकालगायत अन्य नागरिक मारिएका छन् । घाइते भएका छन् । आफ्नो घरबाट विस्थापित भएका छन् । उनीहरुका सम्पत्तिहरण भएका छन् । युद्ध कसैले जितेका छ्रैनन्, सबै हारेका छन् । त्यसैले शान्ति अपरिहार्य छ ।”
सन् २०१७ लाई स्वागत गर्दै राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले ‘‘नयाँ वर्षमा सबैले शान्ति स्थापनाका लागि प्रण गरौ’’ भन्नुभएको छ ।
विश्वभरका नागरिक, सरकार तथा नेताले हाम्रा मतभेदलाई अन्त्य गर्ने र शान्ति स्थापना गर्ने वर्षका रुपमा सन् २०१७ लाई स्वागत गरौँ, गुटेर्रेसले भन्नुभयो ।
एक दशकसम्म राष्ट्रसङ्घको उच्चआयुक्तका रुपमा आप्रवासी शरणार्थीको अधिकारका लागि सङ्घर्ष गर्नुभएका गुटेर्रेस राष्ट्रसङ्घको नवौँ महासचिवमा गत अक्टुबरमा सर्वसम्मत छानिनु भएको थियो ।
राष्ट्रसङ्घको कूटनीतिज्ञका रुपमा समेत लामो अनुभव भएका महासचिव गुटेर्रेसलाई एक दक्ष राजनीतिक नेताका रुपमा समेत हेरिन्छ । उहाँको कार्यकालमा पछिल्लो समय विभिन्न विवादमा फसेका अन्तर्राष्ट्रिय यस संस्थाले आफ्ना तथा विश्व समुदायका समस्यालाई निदान गरी बढ्नेमा विश्वास गरिएको छ ।
शान्ति हाम्रो लक्ष्य र दिशा निर्देश बन्नुपर्छ, उहाँले भन्नुभयो, “हामीले मानव जगतको गरिमा, आशा, प्रगति र समृद्धिका लागि गर्ने सम्पूर्ण कार्य विश्व शान्तिमा निर्भर छ । साथै शान्ति हामीमा निर्भर छ ।”
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण