
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार ती रसियालीलाई देश निकाला गरेको घोषणा गरेका छन् । तस्विरः एपी
वासिङ्गटन, १५ पुस । संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्टपतीय निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार ती रसियालीलाई देश निकाला गरेको घोषणा गर्नुभएको हो । आफ्नो कार्यकाल सकिन केही हप्तामात्र बाँकी रहेको बेला राष्ट्रपति ओबामाले ती रसियालीलाइे देश निकाला गर्नुभएको हो ।
अमेरिकी राष्ट्रपतिले ३५ जना रसियाली नागरिक र अरु विभिन्न ९ वटा संघ संस्थालाई पनि आर्थिक नाकाबन्दी लगाएको घोषणा गर्नुभएको छ ।
पछिल्लो समयमा ती संस्था र व्यक्तिमाथि निगरानी राखिएको थियो । ती व्यक्ति र संस्थाले अमेरिकामा हालै भएको राष्ट्रपति निर्वाचनमा साइबर हमला गरी निर्वाचनमा अवरोध पुरयाएको जनाइएको छ ।
उनीहरुलाई ७२ घन्टाभित्रै घर छोड्न आदेश दिइएको छ । साथै ती सूचना प्रविधिमा कामगर्ने संघ संस्थालाई पनि आर्थिक कारोबार गर्नबाट रोक लगाइएको छ ।
त्यसैगरी रसियाली सरकारको मातहतमा रहेका भनिएका न्युयोर्कमा रहेको एक र म्यारिल्याण्डमा रहेको अर्काे एक गरी दुई वटा कार्यालय पनि तत्काली बन्द गराइने अमेरिकी सरकारले जनाएको छ ।
अमेरिकी सरकारको यो पछिल्लो निर्णयले पछिल्ला केही समययता रहेका अमेरिका र रसियाको विवाद सतहमा आएको विश्लेषकहरुले जनाएका छन् ।
अमेरिकी निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल काण्डलाई बाहिर ल्याइएपछि त्यस विषयमा वर्तमान सरकारले त्यसको अनुसन्धान गरिरहेको थियो ।
इमेल काण्डलाई बाहिर ल्याउने र क्लिन्टनलाई हराउने काममा रसियाको हात रहेको जानकारी यसअघि नै बाहिर आएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’