
दमास्कस (सिरिया), १४ पुस । सिरियामो बिहीबार मध्यरातदेखि युद्धबिराम सुरुहुने गरी युद्धविराम सम्झौता भएको रसिया, सिरियाली सेना र विद्रोही प्रतिपक्षी गठबन्धनले जनाएका छन् ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार राष्ट्रिय टेलिभिजनमार्फत सिरियाली सेना र विद्रोहीबीच युद्धबिराम गर्ने विषयमा हस्ताक्षर भएको जानकारी गराउनुभएको छ । उहाँले दुवै समूहले तत्कालै शान्तिवार्ताका लागि प्रक्रिया अघि बढाउन सहमत भएपछि युद्धबिराम सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ ।
सिरियाली सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो कुराको पुष्टि गरेको छ । सिरियाली सेनाको यो भनाई रसियाद्वारा सिरियाली विद्रोही र सरकारबीच युद्धबिराम सम्झौतामा हस्ताक्षर भएको घोषणा भएपछि एक विज्ञप्तिमार्फत आएको हो ।
सेनाका सम्पूर्ण विद्रोही विरुद्धका सैन्य गतिविधि डिसेम्बर ३० को शून्य समय (सुरुवात) पछि सुरु हुने सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूह तथा पूर्व अलकायदा समूहमा आवद्ध अल नुस्रा फ्रन्टविरुद्धका कारबाहीलाई भने जारी राख्ने विज्ञप्तिमा छ ।
त्यसैगरी सिरियाली प्रतिपक्षी तथा विद्रोही समूहको गठबन्धनले पनि टर्की र रसियाली मध्यस्थतामा भएको बिहीबार मध्यरातिदेखि लागू हुने युद्धबिराम सम्झौतामा आफ्नो समूहले हस्ताक्षर गरेको पुष्टि गरेको छ ।
सिरियाली प्रतिपक्षी विद्रोहीको राष्ट्रिय गठबन्धनले युद्धबिराम सम्झौतालाई सम्बद्ध सबै पक्षबाट पालना गरी शान्ति प्रक्रियालाई अघि बढाउन सबैबाट आ–आफ्नो तहबाट सहयोगको अपेक्षा गरेको गठबन्धनका प्रवक्ता अहमद रमादानले एएफपीसँगको कुराकानीमा बताउनुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल