इस्तानबुल, १३ पुस । आज मध्यरातबाट सिरियाका सबै क्षेत्रमा युद्धबिराम गर्नका लागि टर्की र रुस सहमत भएको टर्कीको सरकारी सञ्चारमाध्यम आनाडोलु समाचार समितिले बुधबार जानकारी दिएको छ ।
यस युद्धबिराम योजना मुख्यतया सिरियाको अलेप्पो नगरमा जारी युद्धबिरामलाई निरन्तरता दिने प्रयोजनवश ल्याइएको बताइएको छ ।
अलेप्पो लगायत सिरियाका अन्य युद्धग्रस्त इलाकाबाट सर्वसाधारणलाई सुरक्षित उद्धार गर्नका लागि यसै महिनाको सुरुमा नै टर्की रुसको मध्यस्थतामा युद्धबिराम गरिएको पनि सो समाचार समितिले जनाएको छ । तर, रुस र अमेरिकाको मध्यस्थतामा भएका, यस अघिका युद्धबिरामहरुमा अवलम्बन गरिएजस्तै, अहिले पनि आतङ्ककारीविरुद्ध प्रतिकार गर्ने कार्य भने रोकिने छैन ।
यदि यस योजना सफल भएमा, रुस र टर्कीकै पहलमा काजकिस्तानको राजधानी आस्तानामा निकट भविष्यमै हुन गइरहेको सिरियाली सरकार र विपक्षीबीच राजनीतिक सम्झौता हुने बलियो आधारसमेत निर्माण हुने अड्कल गरिएको छ ।
आज मध्यरातबाट युद्धबिराम लागू गर्नका लागि टर्की र रुसले गम्भीर सहकार्य गरिरहेको समितिले बताएको तर यसबारे के, कसरी, कहाँ युद्धबिराम सहमति भयो भन्ने विस्तृत विवरण तत्काल नखुलाइए ता पनि बितेका हप्ताहरुमा टर्की, रुस र सिरियाली विपक्षीका प्रतिनिधिबीच आङ्कारामा बैठक बसी विस्तृत छलफल भने भइसकेको पनि जनाइएको छ ।
सिरियामा जारी गृहयुद्धको कुरा गर्ने हो भने रुस र टर्की बिपरित पक्षधर हुन् । वर्तमान सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउनुु पर्छ भन्ने पक्षमा टर्की रहेको छ भने रुस र इरान असदका प्रमुख अन्तर्राष्ट्रिय सहयोगीका रुपमा खडा रहेका छन् ।
तर, गत वर्ष रुसको एउटा युद्धक विमान टर्कीका सेनाले खसालि दिएपछि दुईदेशबीच बिग्रन गएको सम्बन्धलाई सुधार गर्न टर्की प्रयासरत छ भने रुसले पनि यसलाई सामान्यीकरण गर्न चासो देखाएको छ । यसकै प्रतिफलस्वरुप दुई देशबीच गत ग्रीष्म ऋतुतिर सम्पन्न भएको एक समझदारीलाई मान्यता दिँदै रुसले सिरियाली युद्धबिराम योजनामा लचकता अपनाएको बताइएको छ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता