इस्तानबुल, १३ पुस । आज मध्यरातबाट सिरियाका सबै क्षेत्रमा युद्धबिराम गर्नका लागि टर्की र रुस सहमत भएको टर्कीको सरकारी सञ्चारमाध्यम आनाडोलु समाचार समितिले बुधबार जानकारी दिएको छ ।
यस युद्धबिराम योजना मुख्यतया सिरियाको अलेप्पो नगरमा जारी युद्धबिरामलाई निरन्तरता दिने प्रयोजनवश ल्याइएको बताइएको छ ।
अलेप्पो लगायत सिरियाका अन्य युद्धग्रस्त इलाकाबाट सर्वसाधारणलाई सुरक्षित उद्धार गर्नका लागि यसै महिनाको सुरुमा नै टर्की रुसको मध्यस्थतामा युद्धबिराम गरिएको पनि सो समाचार समितिले जनाएको छ । तर, रुस र अमेरिकाको मध्यस्थतामा भएका, यस अघिका युद्धबिरामहरुमा अवलम्बन गरिएजस्तै, अहिले पनि आतङ्ककारीविरुद्ध प्रतिकार गर्ने कार्य भने रोकिने छैन ।
यदि यस योजना सफल भएमा, रुस र टर्कीकै पहलमा काजकिस्तानको राजधानी आस्तानामा निकट भविष्यमै हुन गइरहेको सिरियाली सरकार र विपक्षीबीच राजनीतिक सम्झौता हुने बलियो आधारसमेत निर्माण हुने अड्कल गरिएको छ ।
आज मध्यरातबाट युद्धबिराम लागू गर्नका लागि टर्की र रुसले गम्भीर सहकार्य गरिरहेको समितिले बताएको तर यसबारे के, कसरी, कहाँ युद्धबिराम सहमति भयो भन्ने विस्तृत विवरण तत्काल नखुलाइए ता पनि बितेका हप्ताहरुमा टर्की, रुस र सिरियाली विपक्षीका प्रतिनिधिबीच आङ्कारामा बैठक बसी विस्तृत छलफल भने भइसकेको पनि जनाइएको छ ।
सिरियामा जारी गृहयुद्धको कुरा गर्ने हो भने रुस र टर्की बिपरित पक्षधर हुन् । वर्तमान सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउनुु पर्छ भन्ने पक्षमा टर्की रहेको छ भने रुस र इरान असदका प्रमुख अन्तर्राष्ट्रिय सहयोगीका रुपमा खडा रहेका छन् ।
तर, गत वर्ष रुसको एउटा युद्धक विमान टर्कीका सेनाले खसालि दिएपछि दुईदेशबीच बिग्रन गएको सम्बन्धलाई सुधार गर्न टर्की प्रयासरत छ भने रुसले पनि यसलाई सामान्यीकरण गर्न चासो देखाएको छ । यसकै प्रतिफलस्वरुप दुई देशबीच गत ग्रीष्म ऋतुतिर सम्पन्न भएको एक समझदारीलाई मान्यता दिँदै रुसले सिरियाली युद्धबिराम योजनामा लचकता अपनाएको बताइएको छ ।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता