पर्ल हार्वर (हवाई), १३ पुस । अमेरिकी राष्ट्रपति बाराक ओमााबा र जापानी प्रधानमन्त्री सिन्जो आबेले हवाई राज्यको पर्ल हार्बरको भ्रमण गर्नुभएको छ ।
राष्ट्रपति बाराक ओमाबाले जापानी प्रधानमन्त्री सिन्जो आबेको यो भ्रमणलाई ‘ऐतिहासिक संकेत’ भएको यसबाट शक्ति पुनर्मिलनतर्फ गएको देखाएको बताउनुभएको छ ।
पर्ल हार्बरस्थित अमेरिकी नौ सेनाको केन्द्रंमा आयोजित यस कार्यक्रममा जापानी प्रधानमन्त्री आबे र अमेरिकी राष्ट्रपति ओबामा एक साथ उपस्थित हुनु भएको थियो । पर्ल हार्बरमा यसप्रकार एक साथ अमेरिकी र जापानी नेताहरुको भ्रमण यो पहिलो पटक हो ।
सन् १९४१ का जापानले पर्ल हार्बरमा गरेको आक्रमणमा परी करिब दुई हजार तीन सय अमेरिकी सैनिकको मृत्युभएको.थियो । प्रधानमन्त्री आबेले ७५ वर्षअघि आफ्ना मुलुकले आक्रमण गरेको सो स्थानको भ्रमण गर्दै उक्त आक्रमणको क्रममा ज्यान गुमाउनु सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
भ्रमणको क्रममा प्रधानमन्त्री आबेले युद्धको त्रासदी अल कहिल्यै दोहोरिनुहुन्न भन्ने जापानी जनताले कसम खाएको बताउनुभएको छ
जापानको यस आक्रमणपछि सन् १९४५ मा अमेरिकाले जापानी सहरहरु हिरोसिमा र नागासाकीमा आणविक आक्रमण गरेको थियो ।
सो आक्रमणहरुमा डेढ लाख व्यक्ति मारिएको विश्वास गरिन्छ । यो सहरको भ्रमण गर्ने पहिलो वाहालवाला राष्ट्रपति बाराक ओमाबा हुनुहुन्छ । रासस, एपी
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने