सिकागो (संयुक्त राज्य अमेरिका), ११ पुस । क्राइस्ट धर्मालम्बीहरुको महान पर्व क्रिस्मस सर्वत्र रङिगन र मनै लोभ्याउने गरी मनाइ रहेकोमा यस वर्ष धेरैजसो उत्तर अमेरिकी समथर भूभाग तथा केही पश्चिमी राज्यहरुमा जाडोले कठाङिग्रनु पर्ने र सेताम्य भएको छ ।
आज बिहानीको शुरुवात सँगै दुबैः उत्तरी तथा दक्षिणी डकोटाका र दक्षिण–पश्चिमी माइनसोटा राज्यहरुका धेरैजसो भूभागमा कडा हावा, हूरी आई लगातार अति चीसो झरी पर्नाले हिलाम्मे भएको छ र दिउँसो सबै तिर बाक्लो हिमपात हुने अडकल गरिएको छ ।
ूबहुलाएको आँधीबेहरी, बरफ, र बाक्लो हिमपातका बीच घर बाहिर घुम्न निस्कनु लाभदायक नहुने, यो त ज्यान बचाउने समय हुनाले घर मै बसिरहनमा कल्याण छू भनी ग्य्रान्ड फोर्क्स, नर्थ डकोटाको राष्ट्रिय जलबायु निरुपण सेवाका मौसमविज्ञ ग्रेग गस्टले बिदाको दिन पारी भ्रमणमा निस्कने खोज्नेहरुलाई सचेत बनाए । सोमबार साँझसम्म यस्तै मौसमले निरन्तरता पाइ रहने पनि उनको भनाइ थियो ।
उत्तरी तथा दक्षिणी दुबै डकोटा राज्यका धेरैजसो भूखण्ड, पूर्वी मोन्टानाको केही भूभागमा प्रतिघण्टा पचपन्न माइलको बेगले आँधीबेहरी चल्ने र आठदेखि पन्ध्र इन्चसम्म हिमपात हुने बलियो सम्भावना रहेको बताइएको छ ।
अधिक हिउँदे वर्षा र ठाउँ ठाउँमा परेको बाक्लो हिमपातका कारण बाटो अतिशय चिप्लो भएको र अगाडीको दृष्य समेत देख्न मुश्किल परेको हुँदा साउथ डकोटा र नर्थ डकोटाका अन्तर–राज्यीय राजमार्गका बिभिन्न खण्डहरुमा सवारी आवागमनमा रोक लगाइएको छ ।
सम्भाव्य बाक्लो हिउँदे झरी र कडा आँधीबेहरीले दक्षिणपूर्वी नेब्रास्का राज्यको बाटो भएर क्यान्सास, मिसाउरी, ओक्लाहोमा र टेक्सास राज्यसम्म पुगी सर्बत्र सताउने अनुमान गरिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ