सिकागो (संयुक्त राज्य अमेरिका), ११ पुस । क्राइस्ट धर्मालम्बीहरुको महान पर्व क्रिस्मस सर्वत्र रङिगन र मनै लोभ्याउने गरी मनाइ रहेकोमा यस वर्ष धेरैजसो उत्तर अमेरिकी समथर भूभाग तथा केही पश्चिमी राज्यहरुमा जाडोले कठाङिग्रनु पर्ने र सेताम्य भएको छ ।
आज बिहानीको शुरुवात सँगै दुबैः उत्तरी तथा दक्षिणी डकोटाका र दक्षिण–पश्चिमी माइनसोटा राज्यहरुका धेरैजसो भूभागमा कडा हावा, हूरी आई लगातार अति चीसो झरी पर्नाले हिलाम्मे भएको छ र दिउँसो सबै तिर बाक्लो हिमपात हुने अडकल गरिएको छ ।
ूबहुलाएको आँधीबेहरी, बरफ, र बाक्लो हिमपातका बीच घर बाहिर घुम्न निस्कनु लाभदायक नहुने, यो त ज्यान बचाउने समय हुनाले घर मै बसिरहनमा कल्याण छू भनी ग्य्रान्ड फोर्क्स, नर्थ डकोटाको राष्ट्रिय जलबायु निरुपण सेवाका मौसमविज्ञ ग्रेग गस्टले बिदाको दिन पारी भ्रमणमा निस्कने खोज्नेहरुलाई सचेत बनाए । सोमबार साँझसम्म यस्तै मौसमले निरन्तरता पाइ रहने पनि उनको भनाइ थियो ।
उत्तरी तथा दक्षिणी दुबै डकोटा राज्यका धेरैजसो भूखण्ड, पूर्वी मोन्टानाको केही भूभागमा प्रतिघण्टा पचपन्न माइलको बेगले आँधीबेहरी चल्ने र आठदेखि पन्ध्र इन्चसम्म हिमपात हुने बलियो सम्भावना रहेको बताइएको छ ।
अधिक हिउँदे वर्षा र ठाउँ ठाउँमा परेको बाक्लो हिमपातका कारण बाटो अतिशय चिप्लो भएको र अगाडीको दृष्य समेत देख्न मुश्किल परेको हुँदा साउथ डकोटा र नर्थ डकोटाका अन्तर–राज्यीय राजमार्गका बिभिन्न खण्डहरुमा सवारी आवागमनमा रोक लगाइएको छ ।
सम्भाव्य बाक्लो हिउँदे झरी र कडा आँधीबेहरीले दक्षिणपूर्वी नेब्रास्का राज्यको बाटो भएर क्यान्सास, मिसाउरी, ओक्लाहोमा र टेक्सास राज्यसम्म पुगी सर्बत्र सताउने अनुमान गरिएको छ ।
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]