मेक्सिको, १० पुस । मेक्सिकोको सवै भन्दा ठूलो पटाका बजारमा भएको विस्फोटमा परी मृत्युहुनेहरुको संख्या शनिबारसम्म ३६ पुगेको छ । ती मध्ये एक महिलाको शरिर ९० प्रतिशत जलेको छ ।
स्थानीय समयानुसार मङ्गलबार अपराह्न २ः५० बजे भएको विस्फोटमा परी २६ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको थियो । बाँकी १० जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि सो सङ्खया ३६ पुगेको अधिकारीहरले जानकारी दिएका छन् ।
घटनामा परी घाइते भएका मध्ये अरु ६० जनाको अवस्था पनि गम्भीर रहेको उनीहरुले बताएका छन् । घाइते भएका मध्ये २१ जना भने उपचारपछि घर फर्किएका छन् ।
नयाँ बर्ष मनाउनका लागि सामान किन्न उपभोक्ताहरुको अत्याधिक भिड लागेको बेला विस्फोट भएको बताइएको छ ।
नयाँबर्ष र क्रिसमसको अवसरमा ल्याटिन अमेरिकी धेरै देशहरुमा धेरै पटाका पड्काउने गरिन्छ ।
अग्नी नियन्त्रण दलमा सदस्यहरुको तीन घण्टासम्मको प्रयासपछि आगलागीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल