मस्को, १० पुस । चालक दलका सदस्यसहित ९१ जना यात्रु बोकेर सिरियातर्फ गईरहेको रसियाको एक विमान ‘ब्ल्याक सि’मा दुर्घटनागस्त भएको छ ।
रसियाको दक्षिण सहर सोचीमा अवस्थित विमानस्थलबाट स्थानीय समयाअनुसार ५ः४० मा उडान भरेको रसियाली सैनिक विमान राडार (विमान कुनै ठाउँबाट उडिरहेको छ भनेर हेर्ने कम्प्युटरको मोनिटर ) बाट सम्पर्क बिहीन भएको थियो ।
यस विमानमा आठ जना चालक दलका सदस्यसहित ९१ जना व्यक्ति सवार रहेका थिए । सो विमान तटीय सिरियाली सहर लताकियाको बाहिरी इलाकामा रहेको रसियाली, सैन्य शिविरतर्फ गईरेहको थियो ।
रुसको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार टियु–१५४ विमानमा सेनाका अधिकारीहरु, उनीहरुको सांगितिक समूह र केही पत्रकारसमेत रहेका थिए ।
सिरियाको लताकिया सहरको बाहिरी इलाकामा रहेको रसियाली सेनाको समूहलाई नयाँ बर्षको कार्यक्रम मनाउनको लागि सांगितिक समूहसमेत साथमा लगेका जनाइएको छ ।
सो मन्त्रालयका अनुसार विमानको भग्नावशेष तटीय सहर सोचीदेखि १ं.५ किलोमिटर टाढा ब्ल्याक सिमा भेटिएको हो । ब्याल्क सिमा ५० देखि ७० मिटर गहिराइमा सो भग्नावेशेष भेटिएको बताइएको थियो ।
खोजी र उद्धार, समूहलाई आइतबार विहान सबेरै नै परिचालन गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने