भलेट्टा (माल्टा), ८ पुस । चालकदलका सात सदस्यसहित ११८ जना यात्रु लिएर उडेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस माल्टामा अवतरण भएपछि यसमा रहेका सवै यात्रु सहित चालक दलका सदस्यलाई सकुशल रिहाई गर्न माल्टा सरकारले गरेको प्रयास सफल भएको छ ।
यद्यपि समाचार तयार पार्दासम्म विमानमा यात्रा गरिरहेका १०९ जनालाई सकुशल रिहा गरिएको छ ।
विमानमा यात्रा गरिरहेका अपहरणकारी र चालकदलका सदस्यलाई पनि सकुशल विमानबाट बाहिर ल्याउने प्रयास जारी रहेको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत जानकारी गराउनु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानमा रहेका चालक दलका सात सदस्य बाहेकका १११ यात्रुमध्ये ८२ जना पुरुष र २८ जना महिला रहेका लिवियाले जनाएको छ ।
यसैबीच विमान अपहरण गर्ने दुई यात्रुले आफुहरु पूर्व मोहम्मद कद्दाफीका समर्थक रहेको दावी गर्दै माल्टामा राजनैतिक शरणार्थीका रुपमा स्वीकार गर्न माग गरेका लिवियाका विदेशमन्त्री ताहेर साहिलाले बताउनुभएको छ ।
अपहरणकारीले गद्दाफीका समर्थकद्वारा राजनैतिक पार्टी गठन गर्न पाउनुपर्ने लगायतका माग राखेका विदेशमन्त्री साहिलाले बताउनु भयो ।
लिवियामा करिव ४२ बर्षसम्म सत्ता रहेका तानाशाह मोहमर कद्दाफीलाई सन् २०११ मा जनआन्दोलनको बलमा सत्ताच्युत गरिएको थियो । कद्दाफीलाई पछि घर नजिकै लुकेर बसेको अवस्थामा मारिएको थियो ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने