भलेट्टा (माल्टा), ८ पुस । चालकदलका सात सदस्यसहित ११८ जना यात्रु लिएर उडेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस माल्टामा अवतरण भएपछि यसमा रहेका सवै यात्रु सहित चालक दलका सदस्यलाई सकुशल रिहाई गर्न माल्टा सरकारले गरेको प्रयास सफल भएको छ ।
यद्यपि समाचार तयार पार्दासम्म विमानमा यात्रा गरिरहेका १०९ जनालाई सकुशल रिहा गरिएको छ ।
विमानमा यात्रा गरिरहेका अपहरणकारी र चालकदलका सदस्यलाई पनि सकुशल विमानबाट बाहिर ल्याउने प्रयास जारी रहेको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत जानकारी गराउनु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानमा रहेका चालक दलका सात सदस्य बाहेकका १११ यात्रुमध्ये ८२ जना पुरुष र २८ जना महिला रहेका लिवियाले जनाएको छ ।
यसैबीच विमान अपहरण गर्ने दुई यात्रुले आफुहरु पूर्व मोहम्मद कद्दाफीका समर्थक रहेको दावी गर्दै माल्टामा राजनैतिक शरणार्थीका रुपमा स्वीकार गर्न माग गरेका लिवियाका विदेशमन्त्री ताहेर साहिलाले बताउनुभएको छ ।
अपहरणकारीले गद्दाफीका समर्थकद्वारा राजनैतिक पार्टी गठन गर्न पाउनुपर्ने लगायतका माग राखेका विदेशमन्त्री साहिलाले बताउनु भयो ।
लिवियामा करिव ४२ बर्षसम्म सत्ता रहेका तानाशाह मोहमर कद्दाफीलाई सन् २०११ मा जनआन्दोलनको बलमा सत्ताच्युत गरिएको थियो । कद्दाफीलाई पछि घर नजिकै लुकेर बसेको अवस्थामा मारिएको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा