
मस्को (रसिया), ८ पुस । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी जनताको सोचलाई सही रुपमा अध्ययन गरी उनीहरुको भावना अनुरुप निर्वाचन अभियान सञ्चालन गरी विजयी हासिल गर्न रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्प सफल भएको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले सही ढङ्गले अमेरिकी नागरिकको भावनाको अध्ययन गरेको र उनीहरुको भावना अनुकूल अघि बढेकाले विजयी बनेका हुन् । उहाँले निर्वाचनको अन्त्यसम्म अविश्वसनीय तरिकाले आफ्नो अभियानलाई अघि बढाए । यसलाई रसियाबाहेक अन्य मुलुकले बुझ्न सकेको थिएन् । पुटिनले आफ्नो वार्षिक प्रेस सम्मेलनका क्रममा स्वदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।
रसियाली राष्ट्रपति पुटिनलाई के अमेरिकी जनताले उहाँलाई समर्थन गर्छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, “मैले ठूलो सङ्ख्यामा रिपब्लिकन समर्थकले रसियाली राष्ट्रपतिलाई समर्थन गर्छन् भन्ने त लाग्दैन तर उनीहरुले रसियाको परम्परागत सोचलाई मन पराउँछन् । यो नै रसिया र अमेरिकाबीच सम्बन्ध विस्तार गर्ने सही सुरुआत हुन सक्छ ।”
अमेरिकी डेमोक्रेटिक पार्टीका इमेल ह्याक गर्ने कुरा महत्पूर्ण नभएको बताउँदै यो जसले गरेका भए पनि अमेरिकी जनतालाई ‘सही सूचना’ प्रवाह इमेल चुहावटबाटै भएको पुटिनले बताउनुभयो ।
वासिङटनले रसियामाथि इमेल ह्याकको आरोप लगाएकाप्रति सङ्केत गर्दै पुटिनले भन्नुभयो, “क्रेमलिनले यसबारे पटकपटक खण्डन गरिसकेको छ । यो त निर्वाचनमा पराजित समूहले आफ्नो नाक जोगाउने प्रयास मात्र हो । ”
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई