
बेरुत, ८ पुस । इस्लिमिक स्टेट (आइएस) आतङ्ककारी समूहको बलियो प्रभाव रहेको क्षेत्र उत्तरी सिरियामा २४ घण्टायता टर्कीआवद्ध हवाई आक्रमणमा कम्तीमा ८८ जना सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ ।
उत्तरी सिरियाको अल बाबमा बिहीबार भएको गोलाबारीसहितको आक्रमणमा परी २१ जना बालबालिक ७२ सर्वाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।
शुक्रबारसम्म जारी रहेको बमबारीमा परी तीन बालबालिकासहित थप १६ जनाको मृत्यु भएको बताइएको छ ।
“चौविस घण्टाकोबीचमा ८८ जना सर्वसाधारण मारिएका छन्,” अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।
उहाँले यो रक्तपातपूर्ण आक्रमण भएको पनि बताउनुभयो । आक्रमणको अनुगमन टोलीले रेकर्ड राखेको पनि उहाँले जानकारी दिनुभयो ।
टर्कीको सुरक्षा फौजले सिरियाको भूमिमा लगातार हवाई आक्रमण गरिरहेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार